यी हुन् सेबोनमा आईपीओ निष्काशनका लागि पाइपलाइनमा रहेका कम्पनी, कस्को कति कित्ता ?

Advertisement

काठमाडौं । पुँजी बजारमा कारोबार गर्नेहरु नयाँ कम्पनीको आईपीओ कहिले आउला ? भनेर कुरिरहेका हुन्छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा आईपीओ निष्काशनको लागि पाइपलाइनमा रहेका कम्पनीहरु २७ वटा छन् । 

सबभन्दा बढी कित्ताको आईपीओ जारी गर्नेगरी पाइपलाइनमा रहेको कम्पनी हो जगदम्बा स्टिल । उक्त कम्पनीले प्रतिकित्ता तीन सय रुपियाँ अंकित दुई करोड ७० लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो । जगदम्बाको बिक्री प्रवन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Advertisement

दोस्रोमा सोलु हाइड्रोपावर छ । आईपीओ निष्कासनका लागि गत असोजमा आवेदन दिएको यो कम्पनीले सय रुपियाँ अंकित दरका दुई करोड कित्ता शेयर जारी गर्नेछ । सोलुको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । 

तेस्रोमा डिश मिडिया नेटवर्क (डिशहोम) रहेको छ । उसले एक करोड ३५ लाख ८४ हजार ९५५ कित्ता आईपीओ जारी गर्ने तयारी गरेको छ भने जलविद्युत्मा लगानी गर्ने अर्को कम्पनी बैनी हाइड्रोपावरले पनि आईपीओ निष्काशनको तयारी गरेको । यस कम्पनीले २० लाख ८० हजार कित्ता शेयर जारी गर्नेछ । बैनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ । 

जलविद्युत्मै लगानी गर्ने अर्को कम्पनी याम्बालिङ हाइड्रोपावर लिमिटेड पनि आईपीओ निष्काशनको पाइपलाइनमा छ । यो कम्पनीले २८ लाख कित्ता शेयर जारी गर्ने धितोपत्र बोर्डले जनाएको छ । यसबाहेक, जलविद्युत्मै लगानी गर्ने विकास हाइड्रोपावर (४४ लाख ५४ हजार), रिज लाइन इनर्जी (५८ लाख चार हजार २०१), लाफिङ बुद्ध पावर नेपाल (६५ लाख ७७ हजार), सानिमा हाइड्रोपावर (१४ लाख, ७० हजार), भुजुङ हाइड्रोपावर (१४ लाख ५५ हजार) आइपिओ जारी गर्ने तयारीमा छन् । 

साथै, सान्भी इनर्जी (३७ लाख ९० हजार), हिमस्टार ऊर्जा कम्पनी (११ लाख १९ हजार), रिचेत जलविद्युत् (११ लाख ७६ हजार ४५०), माबिलुङ इनर्जी (१८ लाख ९० हजार, ५३०), टक्सार पिखुवाखोला हाइड्रोपावर (४२ लाख ३० हजार ६६८) र दरमखोला हाइड्रो इनर्जीले ३९ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गर्ने क्रममा रहेका छन् । 

त्यसैगरी, एपेक्स हस्पिटालिटी, एसवाई प्यानल नेपाल, अर्किड होल्डिङ्स, हस्पिटल फर एडभान्स्ड मेडिसिन एन्ड सर्जरी प्रा.लि.(ह्याम्स), शौर्य सिमेन्ट, अन्नपूर्ण केबलकार, एक्कर्ड फर्मास्युटिकल्स, टे«ड टावर, कान्तिपुर टेलिभिजन, आईएमई लिमिटेड, जगदम्बा स्टिल्स, होटल फरेस्ट इन रहेका छन् । 

यी कम्पनीमध्ये अधिकांशले सय रुपियाँ अंकित दरमा आईपीओ निष्काशन गर्न लागेका हुन् । हस्पिटल फर एडभान्स्डले २८८ रुपियाँ र शौर्य सिमेन्टले २६४.५१ प्रतिकित्ता शेयर जारी गर्नेछन् ।

Advertisement