पासवर्डबिनै हुन सक्छ गुगल अकाउन्ट ह्याक, यसरी राख्नस् सुरक्षित

Advertisement

एजेन्सी । प्रविधिको विस्तारसँगै यसको दुरुपयोगको खतरा पनि बढ्न थालेको छ । कैयौँपटक हाम्रै नेपालका सरकारी वेबसाइटदेखि व्यक्तिगत फेसबुक अकाउन्ट ह्याक भएको हामीले सुन्दै र भोग्दै आएका छौँ । 

हालसालैको एउटा रिपोर्टमा प्रयोगकर्ताको गुगल अकाउन्टमा मालवेयरको खतरा रहेको बताइएको छ । ह्याकरले बिनाकुनै पासवर्ड गुगल अकाउन्ट ह्याक गर्न सक्छन् । मालवेयरको कुकिजमार्फत ह्याकरले डेटाको पहुँच लिएर ह्याक गर्न सक्ने रिपोर्टमा भनिएको छ । 

Advertisement

बिनापासवर्ड ह्याक

साइबर सुरक्षा कम्पनी क्लाउडसेकले पासवर्डबिनै प्रयोगकर्ताका गुगल अकाउन्ट ह्याक हुन सक्ने बताएको छ । केही मालवेयर एपको सहायतमा कुकिजमार्फत ह्याकरले फोनको डेटामा पहुँच लिन्छन् र गुगल अकाउन्ट ह्याक गर्छन् ।
 
रिपोर्टअनुसार मालवेयर कुकिजमार्फत फोनमा रहेका संवेदनशील डेटा र गुगल अकाउन्टको पासवर्ड ह्याक गर्छन् । तर, प्रयोगकर्ताले पासवर्ड रिसेट गरेपछि पनि गुगलका गतिविधि ह्याकरको पहुँचमै हुन्छन् । 
कसरी राख्ने सुरक्षित ?

ह्याक हुन सक्ने मलवेयर एपबाट बच्न सकिन्छ । त्यसका लागि कुनै पनि ब्राउजरलाई एक्सेस (पहुच) दिनुहुँदैन । साथै, गुगल क्रोममा सुरक्षित ब्राउजिङ जारी राख्नुपर्ने हुन्छ । 
 

Advertisement