विद्यार्थीलाई सांस्कृतिक विविधताको ज्ञान दिन आईआईएमएसले मुक्तिनाथ भ्रमणमा लग्यो

Advertisement

काठमाडौं । शैक्षिक क्षेत्रमा आफूलाई स्थापित गर्दै चर्चामा आउन सफल राजधानीको कमलपोखरीस्थित ‘आईआईएमएस कलेज’ ले आफ्ना विद्यार्थीलाई विभिन्न किसिमका अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउँदै लगेको छ । 

कलेजका एकेडेमिक डाइरेक्टर बृहद सिंह वस्थले कर्पोरेट नेपालसँग पछिल्लो समय आफूहरुले विद्यार्थीहरुलाई नेपालको सांस्कृतिक विविधताको ज्ञान बढाउन विभन्न कार्यक्रम सम्पन्न गरेको बताए । सोही क्रममा कलेजले विद्यार्थीहरुलाई प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथलगायतका स्थानको अवलोकन गराएको उनले बताए ।

Advertisement

आईआईएमएस कलेजले आयोजना गरेको मुक्तिनाथको शैक्षिक भ्रमणमा करिब सय जना विद्यार्थी सहभागी थिए । भ्रमणमा बिबिएका ४२ तथा र आईटी (सूचना प्रविधि) अध्ययनरत ५६ जना विद्यार्थी सहभागी थिए । 

कलेज प्रशासनका अनुसार यस भ्रमणले विद्यार्थीहरुमा नेपालको संस्कृति, भूगोल र सामाजिक विविधताको मात्रै ज्ञान नभएर आन्तरिक पर्यटनलाई प्रशय दिन पनि सहयोग पुगेको छ । विद्यार्थीहरुलाई चार रात तथा पाँच दिनको भ्रमण आयोजना गर्दै मुक्तिनाथ लगिएको थियो । 

सोही भ्रमणकै अवसरमा विद्यार्थीहरुलाई पर्यटकीय नगरी पोखराको समेत अवलोकन गराइएको कलेजले जानकारी दियो । एकेडेमिक डाइरेक्टर वस्थले भने, ‘नेपाल सांस्कृतिक विविधताले भरिएको देश हो । त्यही भएकाले पनि हामीले विद्यार्थीहरुलाई काठमाडौं उपत्यकाभन्दा बाहिरको परिवेशको पनि ज्ञान होस् भनेर भ्रमण आयोजना गरेका थियौं । मुक्तिनाथको भ्रमण फलदायी रहेको विद्यार्थीहरुको निष्कर्ष छ ।’

मुक्तिनाथको भ्रमणबाट मुख्यतया विद्यार्थीहरुलाई हिन्दू तथा बौद्ध धर्मको एकसाथ अध्ययन गरी रिर्पोट तथा लेख तयार पार्न सहज हुने भन्दै आईआईएमएस कलेजले यसबाट विद्यार्थीहरुलाई एकातर्फ हरेक दिनको औपचारिक अध्ययनलाई केही दिन थाँती राखेर ताजकी महशुस गर्न अवसर मिलेको र सोही क्रममा अतिरिक्त ज्ञान समेत आर्जन गर्ने अवसर प्राप्त भएको बताएको छ । 

त्यस्तै, कलेजले क्रिसमस डेको अवसरमा कार्यक्रम पनि गरेको जानकारी दिएको छ । कलेज परिसरमा आयोजित उक्त कार्यक्रममा आठ सय विद्यार्थी सहभागी भएका थिए ।यस अवसरमा विद्यार्थीहरुले खाना, टि–सर्ट लगायतका स्टल सञ्चालन गरेका थिए । सोही अवसरमा सांस्कृतिक गतिविधलाई समावेश गर्दै कलेजले नाचगानको समेत आयोजना गरेको थियो । 

आईआईएमएस कलेजले आगामी दिनमा पनि विद्यार्थीहरुको विकासमा सघाउ पुग्ने अतिरिक्त क्रियाकलाप गर्ने बताएको छ । यो कलेज पछिल्लो समय विद्यार्थीहरुको रोजाईमा पर्दै गएको छ । 

Advertisement