आफू नभएको बेला अशोक राईले पार्टी फुटाइदिएपछि आजै अमेरिकाबाट फकिँदै उपेन्द्र यादव

Advertisement

काठमाडौं । आफू नभएको बेला आफ्नो पार्टीका वरिष्ठ नेता अशोक राईले पार्टी फुटाइदिएपछि स्वास्थ्य तथा जनसंख्यामन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफ्नो विदेश भ्रमण छोट्याएर आजै स्वदेश फर्किरहेको सो पार्टीले जनाएको छ । 

यादव अहिले अमेरिका हुँदै कतारको भ्रमणमा छन् । राईले पार्टीका कुल १२ जना साँसदमध्ये सात जना लगेर आइतबार निर्वाचन आयोगमा पार्टी दर्ता गरेका छन् । उनी आजै दोहा हुँदै राति काठमाडौं आइपुग्ने कार्यक्रम तय भएको छ । 

Advertisement

राईले आफूसहित नवलकिशोर साह सुडी, रञ्जु झा, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसिना खान र सुशीला श्रेष्ठलाई लिएर नयाँ दल दर्ता गरेका हुन् । पार्टी विभाजनपछि जसपा अहिले लथालिंग हुन पुगेको छ । 

Advertisement

Advertisement