पाँच वर्षे किस्ताबन्दीमा बक्यौता महसुल बुझाउन प्राधिकरणको आग्रह

Advertisement

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बक्यौता रहेको विद्युत् महसुल रकम किस्ताबन्दीमा बुझाउन सम्बन्धित पक्षलाई आग्रह गरेको छ । उपभोक्ताले बढीमा ६० महिनासम्मको किस्ताबन्दी सुविधा पाउने पनि बताइएको छ ।

प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणका विभिन्न संरचनाबाट विद्युत् सेवा लिएका उपभोक्ताले आजैका मितिबाट लागू हुने गरी ३० दिनभित्र किस्ताबन्दीमा बुझाउने सुविधाका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । 

Advertisement

‘पुस १६, २०८० को सञ्चालक समितिबाट भएको निर्णयबमोजिम उपभोक्तासँग विगतदेखि रहेको बक्यौता महसुल उपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी विशेष व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ, ‘यो सुविधा लिन आजैका मितिबाट ३० दिनभित्र प्राधिकरणका सम्बन्धित वितरण केन्द्रमा आवेदन दिनुundefinedहुन अनुरोध छ ।’ 

 

 

 

 

Advertisement