औद्योगिक लगानी प्रबर्द्धन बोर्डको बैठक बस्दै, सुपारी र सुर्ती उद्योगको क्षमता बढाउने तयारी

Advertisement

काठमाडौं । औद्योगिक लगानी प्रबर्द्धन बोर्डको बैठक आज बस्ने भएको बस्दैछ । उद्योगमन्त्री रमेश रिजालले डाकेको बैठकमा सुपारी उद्योग र सुर्ती उद्योगको क्षमता बढाउने तयारी गरेको बुझिएको छ । 

पाँचभन्दा बढी सुर्ती र सुपारी उद्योगको क्षमता बढाउन लागिएको बोर्डका सदस्यसचिवसमेत रहेका उद्योग विभागका महानिर्देशक बाबुराम गौतम छ्न् । उनी निकटस्थ स्रोतले बोर्डको सबै एजेन्डा टुगिंइसकेको र त्यसमा सुपारी र सुर्ती उद्योगको छ्यामता बढाउने तयारी गरिएको कर्पोरेट नेपाललाई बतायो । 

Advertisement

एजेन्डा टुंग्याउन महानिर्देशक गौतमले व्यावसायीसँग गोप्य वार्ता गरेका थिए । स्रोत भन्छ, ‘महानिर्देशक गौतम निकै महत्त्वकांक्षी हुनुहुँदो रहेछ । पहिलेको बोर्ड बैठकको एजेन्डाबाट हौसिएर पुनः एजेन्डा सेट गर्न लाग्नुभएको छ ।’

अनुमति लिनुपर्ने उद्योगको क्षमता र लाइसेन्स वितरण गर्ने अधिकार बोर्डलाई दिइएको छ । तर, बोर्डको अधिकारलाई दुरुपयोग गरी कुरा मिल्ने व्यवसायीको मात्रै एजेन्डा पास गर्ने गरिन्छ । 

यसअघि बोर्ड बैठकले अवैध विदेशी लगानीलाई समेत बिक्रीका लागि स्वीकृति दिएको थियो । 

Advertisement

Advertisement