काठमाडौं महानगरमा १ लाख १९ हजार करदाताले बुझाए कर

Advertisement

काठमाडौ । काठमाडौँ महानगरपालिकाका १ लाख १९ हजार ४५९ जनाले मंसिर मसान्तसम्ममा कर तिरेका छन् । 

यसरी तिरिएको करबाट २ अर्ब ६६ करोड ९८ लाख ४५ हजार ४९४ रुपियाँ राजस्व संकलन भएको छ ।  ३५ हजार ५७ जना बहाल करदाता, ३१ हजार ९१६ व्यवसाय करदाता र ५२ हजार ४८६ जना सम्पत्ति करदाता छन् । 

Advertisement

यस बर्ष करदाताको संख्या ३ लाख ४३ हजार ६४० छ । गएको आर्थिक बर्षको अन्त्यसम्ममा कर तिरेका करदाताको संख्यालाई चालु आर्थिक बर्षका लागि करदाताको संख्या मान्ने गरिएको छ । 

सोमबार बसेको राजस्व परामर्श समितिको बैठकमा सदस्य सचिव ध्रुव काफ्लेले करदाता र कर तिर्ने अभ्यासका विषयमा विवरण पेश गरेका हुन् ।
 

Advertisement