महानगरका औषधि पसलहरुको अनुगमन, नक्साल फार्मेसीलाई सुधारका लागि ७ दिनको समय

Advertisement

काठमाडौं । औषधि पसलहरुलाई मापदण्ड बमोजिम सञ्चालन गराउन काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले अनगुमनलाई निरन्तरता दिएको छ । 

बुधबार वडा नं. १ नक्साल क्षेत्रमा गरिएको अनुगमनका क्रममा यसअघि सुधारका लागि समय दिइएको एउटा पसलमा औषधि बेच्न छोडिएको, त्यसलाई किराना पसलमा रुपान्तरण गरिरहेको भेटियो । नक्साल फार्मेसीलाई सुधारका ७ दिनको अवधि दिइएको छ । 

Advertisement

योग्यता प्राप्त व्यक्ति आफैँले मात्र औषधी बिक्री बितरण गर्न सक्छन् । औषधि पसल सञ्चालन गर्न सम्बन्धित वडामा व्यवसाय दर्ता गर्नुपर्छ । औषधि व्यवस्था विभाग र महानगरपालिकाको स्वास्थ्य विभागमा दर्ता हुनुपर्छ । यस व्यवसायका लागि पान नम्बर अनिवार्य हुन्छ । 

चिकित्सकको प्रेस्किप्सन बिना औषधी बिक्री गर्न पाइँदैन । प्रचलित व्यवस्था विपरीत नार्कोटिक औषधी बिक्री बितरण गर्न पाइँदैन । 

मापदण्ड पालना नगर्नेलाई स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (झ) ९ र काठमाडौँ महानगरपालिका जनस्वास्थ्य ऐन, २०८० को व्यवस्थाबमोजिम कारवाही हुने जनाइएको छ ।

Advertisement