एफवान सफ्टको फोन–पेमा बिहानैदेखि गम्भीर प्राविधिक समस्या, सेवाग्राहीलाई सास्ती

Advertisement

काठमाडौं । एफवान सफ्ट समूहको अनलाइन भुक्तानी नेटवर्क ‘फोन–पे’मा बुधबार बिहानैदेखि गम्भीर प्राविधिक समस्या देखिएको छ । 

प्राविधिक समस्याका कारण अनलाइनमार्फत रकम भुक्तानी गर्न नपाएर सेवाग्राहीले सास्ती भोग्नुपरेको छ । आज बिहान करिव ५ बजेबाट फोन–पेमा यो खालको समस्या आई सेवा अवरुद्ध भएको हो । 

Advertisement

कम्पनीले भने सेवा सञ्चालनका लागि प्रयास भइरहेको बताउँदै आएको छ । उसले ग्राहकहरुसँग क्षमा पनि मागेको छ । पछिल्लो समयमा फोन–पे नेटवर्कमा धेरै समस्या आउन थालेपछि र सुरक्षा तथा गोपनियताका दृष्टिले पनि बढी जोखिमपूर्ण बन्दै गएपछि विशेषगरी बाणिज्य बैंकहरुले आफ्नै फोन–पेको स्विच प्रयोग नगरी आफ्नै स्विच विकास गर्दै गएका छन् । 

फोन–पेको प्रयोगकर्ता घट्ने क्रमसँगै एफवान सफ्टअन्तर्गतको वालेट कम्पनी ई–सेवाका ग्राहक पनि घट्न थालेका छन् भने उसको प्रतिस्पर्धीको रुपमा खााएको खल्तीले आक्रामकरुपमा सेवा तथा नेटवर्क विस्तार गर्दै गएको छ । 

Advertisement

Advertisement