प्रहरी भन्छ– बम्जन बसेको घरमा पैसाको चाङ भेटियो (फोटो फिचर)

Advertisement

काठमाडौं । राजधानीको बुढानीलकण्ठबाट पक्राउ परेका तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले तीन करोड ३४ लाख रुपियाँ बरामद भएको प्रहरीले बताएको छ । 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईवी) ले उनको घरबाट तीन करोड तीन लाख ७५ हजार पाँच सय नेपाली रुपियाँ र विभिन्न १७ देशका ३० लाख ९२ हजार ४०६ रुपियाँ बराबरको विदेशी मुद्रा बरामद भएको दावी गरेको हो । 

Advertisement

यो पैसामाथि अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । सर्लाहीकी एक अनुयायी युवतीलाई बलात्कार गरी हत्या गरेको आरोप खेप्दै आएका बम्जनविरुद्ध २०७६ सालमा पक्राउ पुर्जी जारी भएको थियो । तर उनलाई पक्राउ गर्न प्रहरीले सकेको थिएन ।

मंगलबार सीआईबीले उनी बसेको बुढानीलकण्ठस्थित घरमा छापा मारेको जनाएको छ । सीआईबीले बम्जनलाई जिल्ला अदालत सर्लाहीमा उपस्थित गराउने तयारी गरेको छ । अधिवक्ता स्वागत नेपालले बम्जन जनजातिहरुको धर्म परिवर्तनमा बाधक भएपछि उनलाई सिध्याउन पश्चिमाहरुदेखि लिएर पश्चिमाहरुको फण्डिङमा सञ्चालित नेपाली मिडियाहरु लागेको, उनी ध्यानमा बसेको बेला गलत ढंगले विदेशी मिडिया आएर टेलिभिजनमा लाइभ गर्ने, तस्वीरहरु खिच्ने, बलात्कार जस्ता गम्भीर आरोपमा फँसाउने खेल भएको भन्दै उनको बचाउ गर्दै आएका छन् । 

‘तपस्वी’ बम्जन पक्राउ

undefined

undefined

Advertisement

Advertisement