सन् २०२३ मा कम्बोडियाले गर्यो कृषिजन्य वस्तु निर्यातबाट ४.३ अर्ब डलर आम्दानी

Advertisement

एजेन्सी । कम्बोडियाले २०२३ मा कृषि उत्पादनको निर्यातबाट ४.३ अर्ब अमेरिकी डलर आम्दानी गरेकाे कृषि, वन तथा मत्स्यपालन मन्त्रालय (एमएएफएफ) ले जनाएको छ ।

दक्षिणपूर्वी एशियाली देशले गत वर्ष जनवरीदेखि डिसेम्बरको अवधिमा करिब ७५ देश र क्षेत्रमा झन्डै ८४ लाख ५० हजार टन कृषि उत्पादन पठाएको प्रतिवेदनमा उल्लेख छ । निकासीका प्रमुख कृषि वस्तुमा चामल, रबर, आँप, केरा, मरिच, काजु, मकै, पाम तेललगायत छन् ।

Advertisement

कम्बोडियाकाे कृषिजन्य वस्तुका प्रमुख आयातकर्ता भनेका चीन, भियतनाम र थाइल्यान्ड हुन् । इ-कमर्स प्लेटफर्म एग्रिबी (कम्बोडिया) का अध्यक्ष माक चामरोउनले चीन कम्बोडियन कृषि उत्पादनको प्रमुख क्रेता भएको बताए ।

कपडा निर्यात, पर्यटन, निर्माण र घरजग्गाको अतिरिक्त कम्बोडियाको आर्थिक वृद्धिलाई समर्थन गर्ने चार स्तम्भमध्ये कृषि एक हो ।

 

Advertisement