पुस मसान्तभित्र कर तिर्दा काठमाडौं महानगरले १० प्रतिशत छुट दिने

Advertisement

काठमाडौं । पुस मसान्तभित्र सम्पत्ति कर, ब्यवसाय कर, वहाल कर तिर्ने करदातालाई चालु आर्थिक वर्षको कर रकममा काठमाडौँ महानगरपालिकाले १० प्रतिशत  छुट दिने भएको छ । यस्तै बहाल ब्यवसाय र सम्पत्ति कर चुक्ता गरेमा बक्यौतामा लाग्ने सबै जरिवाना रकम छुट दिएको छ । 

चालु आर्थिक वर्षसम्म करको दायरामा नआएका जुनसुकै उमेरका महिला, जनजाती, दलित, अपाङ्गता भएका र ३५ वर्ष भन्दा कम उमेरका युवाका नाममा दर्ता भई सञ्चालनमा रहेका ५ लाखसम्म पुँजीगत लगानी भए‌का उद्योग, व्यवसाय, कम्पनी संस्थाहरुले पुस मसान्तभित्र कर दाखिला गरेमा जम्मा कर रकमको ४० प्रतिशत र नियमित कर दाखिला गर्ने करदाताहरुका हकमा कर रकमको २५ प्रतिशत छुट हुनेछ । 

Advertisement

तर, काठमाडौं महानगरपालिकामा स्थायी बसोवास भएका व्यक्ति (नागरिकता या मतदातापत्र वा बसाइसराई गरी आएका) लाई कर रकममा ५० प्रतिशत छुट हुनेछ । 
 
काठमाडौँ महानगरपालिका आर्थिक ऎन २०८० मा भएको यो छुट सुविधाको लाभ लिनुहुन सबै करदाताहरुमा अनुरोध गरेको छ । 

Advertisement