अरुण काबेलीको १३औं वार्षिक साधारणसभा सम्पन्न

Advertisement

काठमाडौं । अरुण काबेली पावर लिमिटेडको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारणसभाबाट आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गर्नुका साथै लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरण पारित भएको छ । त्यस्तै, लेखापरीक्षक नियुक्ति र  निजको पारिश्रमिक पनि सभाले निर्धारण गरेको छ।

Advertisement

हाल कम्पनीको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपियाँ रहेको छ । अरुण काबेली पावर लिमिटेड कम्पनीले कोशी प्रदेशको पाँचथर र ताप्लेजुङ जिल्लाबीच भई बहने काबेली नदीको पानी उपयोग गरी २५ मेगावाट क्षमताको काबली बी–१ जलविद्युत राष्ट्रिय ग्रीडमा विद्युत आपुर्ति गर्दै आएको छ ।

Advertisement