सहकारी महासंघको अध्यक्ष हुने पहिलो महिला बनिन् मल्ल

Advertisement

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मल्ल राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित भएकी हुन् ।

सञ्चालक समिति २५ सदस्यीय र तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको हो ।

Advertisement

वरिष्ठ उपाध्यक्षमा रमेश प्रसाद पोखरेल, उपाध्यक्षहरुमा खेमबहादुर पाठक, डिबी बस्नेत र इन्दिरा पन्त रहेका छन् । लेखा सुपरिवेक्षण समितिको संयोजकमा भिम तुलाचन निर्वाचत भएका छन् ।

त्यसैगरी महासंघ सञ्चालकहरुमा टेकप्रसाद चौलागाई, हुमाकुमारी जिसी, बद्रीप्रसाद लम्साल, काशीचन्द्र बराल, परितोष पौड्याल, हरिहरनाथ योगी, माधव प्रसाद जोशी, शम्भु प्रसाद, छत्रप्रसाद रिमाल, पार्वती न्यौपाने, टिका न्यौपाने, नथुनी यादव, प्रेमप्रसाद सुवेदी जैसी, सुमन नेपाल, होमनाथ जैसी, एकता शाह, योगमाया सुवेदी, शारदा दहाल, कमला कुमारी र सुवेदी पौडेल चयन रहेका छन् ।साथै लेखा सुपरिवेक्षण समितिको सदस्यहरुमा अमरनाथ न्यौपाने र हेमकुमारी अधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

संविधानसभा सदस्यसमेत रहेकी अध्यक्ष मल्ल अन्तर्राष्ट्रिय सहकारी महासंघको ग्लोबल बोर्ड सदस्यसमेत भैसकेकी छिन्।

Advertisement