आइतबार एकै दिन उठ्यो साढे २८ अर्ब कर, ६ महिनामा कति उठ्यो ?

Advertisement

काठमाडौ । सरकारले एकै २८ अर्ब ४१ करोड राजस्व संकलन गरेको छ । पुस अन्तिम दिन उल्लेख्य रुपमा राजस्व संकलन गरेको हो ।

पुस महिना राजस्वको हिसाबले महत्त्वपूर्ण महिना हो। यो महिना आयकरको अग्रिम करको ४० प्रतिशत तिर्ने महिना हो । यसकारण एकै दिन धेरै मात्रामा कर असुल भएको हो ।

Advertisement

अर्थ मन्त्रालयको तथ्यांक अनुसार  पुस महिनामा सरकारले १ खर्ब ३४ अर्ब २३ करोड राजस्व असुल गरेको छ। तर लक्ष्य भने १ खर्ब ८८ अर्ब १७ करोड रहेको छ । सरकारले लक्ष्य अनुसार सुरुआत देखि नै राजस्व संकलन गर्न सकेको छैन । 

चालू वर्ष सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड राजस्व संकलनको लक्ष्य लिएकोमा ६ महिना सकिदा ५ खर्ब १८ अर्ब     संकलन भएको छ। ६ महिनाको तथ्यांकपछि बाकी दिनमा सरकाले लक्ष्य अनुसार राजस्व असुल गर्न नसक्ने देखिएको छ ।

Advertisement