अर्थमन्त्री र अर्थ मन्त्रालयसमेत लाग्दा पुसमा आन्तरिक राजश्व संकलन लक्ष्यभन्दा ३९ अर्ब कम

Advertisement

काठमाडौं । आन्तरिक राजश्व विभाग लक्ष्यअनुसार राजश्व असुल गर्न असफल भएको छ । राजश्व संकलनका लागि निकै महत्वकाँक्षी योजनाका साथ काम गरेको विभागले पुसमा लक्ष्यभन्दा ३९ प्रतिशत कम राजश्व संकलन गरेको हो । 

विभागले पुस महिनामा ७१ अर्ब ५० करोड राजश्व संकलन गरेको छ जुन लक्ष्यभन्दा ३८ अर्ब ५० करोडले कम हो । पुसमा राजश्व संकलन गर्न अर्थमन्त्री र अर्थ मन्त्रालयका सम्पूर्ण टिम लागिपरेको थियो । तर प्रतिफल भने नकारात्मक आएको छ । 

Advertisement

अन्तःशुल्क शीर्षकमा आएको भारी गिरावटले आन्तरिक राजश्व संकलनमा निकै कमी आएको हो । चुरोट, मदिराको व्यापारमा आएको कमीले अन्तःशुल्क शीर्षकमा गत वर्षभन्दा पाँच अर्ब कम राजश्व संकलन भएको छ ।

यस्तै, उत्पादनशील उद्योगमा आएको मन्दीले सो क्षेत्रको आयकर संकलनमा पनि कमी आएको छ । बैंक तथा वित्तीय संस्थाको फर्दर पब्लिक अफरिङ (एफपीओ) र मर्जरमा १३ अर्बभन्दा बढी कर अशुल गरे पनि लक्ष्यमा पुग्न असफल भएको छ । 

चालु वर्षको पहिलो ६ महिनामा विभागले दुई खर्ब ४३ अर्ब राजश्व संकलन गरेको छ । पुससम्म विभागलाई तीन खर्ब लक्ष्य तोकिएको छ । आजै, सार्वजनिक भन्सार महशुल संकलनको स्थिति पनि निकै दयनीय रहेको छ ।  

Advertisement