काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई १०ः४ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।
कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको स्वीकृति बमोजिम हकप्रद निष्काशनका लागि आगामी विशेष सधारण सभामा प्रस्ताव लैजाने निर्णय गरेको कम्पनी सचिव सुलना श्रेष्ठले उल्लेख गरेकी छिन् ।
कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब ६४ करोड ४२ लाख ४१ ह्जार ९ सय ४० रुपियाँ छ ।