नेपाल मेडिकल कलेजद्वारा विभिन्न पदमा जनशक्ति माग (सूचना सहित)

Advertisement

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो । 

सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ ।

Advertisement

साथै, सिभिल इन्जिनियर, मेट्रोन, होस्टल वार्डेन, स्टोर इन्चार्ज, आर्किटेक्चर तथा प्रशासन अधिकारी पनि माग गरिएको छ । योग्यता पुगेका उम्मेदवारले सात दिनभित्र व्यक्तिगत विवरणसहित दरखास्त दिन सक्ने कलेजले जनाएको छ । 

कलेजको शैक्षिक, सेवागत र प्रशासनिक व्यवस्थापन बलियो बनाउँदै लैजान विषयगत दक्ष जनशक्ति माग गरिएको बताइएको छ । दरखास्त इमेलमार्फत पठाउनु पर्नेछ । सर्ट लिस्टमा परेकालाई कलेजले अन्तर्वार्ताका लागि बोलाउनेछ । 

undefined

Advertisement