राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्दै

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले पुराना सवारीसाधन बिक्री गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले सिलबन्दी बोलपत्रको माध्यमबाट विभिन्न ६ वटा सवारीसाधन बिक्री गर्ने भएको छ ।

बिक्री गर्न लागेका सवारी जेजस्तो अवस्थामा छन् सोही अवस्थामा बिक्री गरिने बैंकले जनाएको छ । सो सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले लिन चाहेको रकम उल्लेख गरी माघ २२ गतेभित्र सिलबन्दी बोलपत्र पेस गर्न भनिएको छ । 

Advertisement

राष्ट्र बैंकले बिक्रीमा राखेका सवारीको मूल्य ६ लाख ६३ हजार रुपियाँदेखि २५ लाख ५५ हजार रुपियाँसम्म तोकेको छ ।

undefined

Advertisement

Advertisement