नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की

Advertisement

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त भएका छन् । मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई ४ वर्षका लागि नियुक्त गरेको हो । कार्यकारी निर्देशकका लागि आवेदन दिएका १० जनाबाट छनोट गरेर उनलाई जिम्मेवारी दिइएको सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।  

कार्की नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । यसअघि नागरिक लगानी कोषको कार्यकारी निर्देशक रमण नेपाल रहेका थिए । नेपालको कार्यकाल सकिएपछि कोषले कात्तिकमा विज्ञापन प्रकाशित गरी नयाँ कार्यकारी निर्देशकका लागि आवेदन खुला गरेको थियो । 

Advertisement

Advertisement