प्रभु मनि ट्रान्सफरको व्यापार ह्वात्तै घट्यो

Advertisement

काठमाडौं । प्रभु मनी ट्रान्सफरको व्यापारमा भारी गिरावट आएको छ । विगत चार आर्थिक वर्षदेखि कम्पनीको कारोबारमा लगातार गिरावट आएको हो । 

प्रभु मनी ट्रान्सफरले सन् २०२३ मा ३० करोड ९० लाख रुपियाँको व्यापार गरेको छ । त्यस्तै, सन् २०२२ मा ४४ करोड १० लाखको व्यापार गरेको यस कम्पनीले सन् २०२१ मा ५४ करोड ८० लाखको व्यापार गरेको थियो । सन् २०२० मा ७० करोडको व्यापार गरेको थियो । 

Advertisement

कम्पनीले विदेशबाट नेपालमा पैसा भित्राउँदै आएको छ । प्रभु मनी ट्रान्सफरसहित अन्य रेमिटान्स कम्पनीले गर्दै आएको आन्तरिक रकम ट्रान्सफरको काममा नेपाल राष्ट्र बैंकले कडाई गरेको छ । 

बजारमा नयाँ नयाँ प्रतिस्पर्धीहरु भित्रिरहँदा प्रभु मनिको व्यापारमा गिरावट आएको हो । कम्पनीको ऋण भने एक अर्ब ५९ करोड ७० लाख रहेको छ ।  

व्यापारी समूह प्रभु ग्रुपको भगिनी संस्थाको रुपमा रहेको यो कम्पनीको अध्यक्षमा देवीप्रकाश भट्टचन छन् । कम्पनीले विशेषगरी मलेशिया, साउदी अरबिय, कुवेत, युएई, अमेरिकाबाट नेपालमा रेमटान्स भित्राउँदै आएको छ । 

Advertisement