क्रेस्ट माइक्रो लाइफको खुद नाफा सवा १४ लाख

Advertisement

काठमाडौं । चालू आवको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार क्रेस्ट माइक्रो लाइफले १४ लाख २६ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ ।


त्यस्तै, समीक्षा अवधिमा कम्पनीले सात करोड ८६ लाख रुपियाँ कुल आम्दानी र चार करोड ८१ लाख रुपियाँ कुल बीमाशुल्क आर्जन गरेको छ । साथै, चार करोड ३४ लाख रुपियाँ खुद बीमाशुल्क आर्जन गरको कम्पनीले जनाएको छ ।

Advertisement

चालू आवको चैत मसान्तसम्म कम्पनीले १९ लाख ९० हजार रुपियाँ दाबी भुक्तानी गरेको छ भने लगानी तथा कर्जाबाट तीन करोड ५१ लाख रुपियाँ आर्जन गरेको छ ।

 समीक्षा अवधिसम्म आइपुग्दा कम्पनीको

५२ करोड रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा ६ लाख ३६ हजार रुपियाँ र  जीवन बीमा कोषमा दुई करोड ९२ लाख रुपियाँ रहेको छ । 

सात करोड ७१ लाख ८३ हजार रुपियाँ खर्च गरेको कम्पनीको समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ०.५४ रुपियाँ रहेको वित्तीय विवरण उल्लेख छ । 

Advertisement

Advertisement