पहिलो जलविद्युत आयोजना निर्माण गर्ने व्यावसायी जीतबहादुर श्रेष्ठलगायतलाई इप्पानको सम्मान

Advertisement

काठमाडौं । ऊर्जा उत्पादकहरुको संस्था इप्पानले पहिलो जलविद्युत आयोजना निर्माण गर्ने व्यावसायी जीतबहादुर श्रेष्ठलाई सम्मान गरेको छ । इप्पानको बिहीबार आयोजित बार्षिकोत्सवमा उनलाई सम्मान गरिएको हो ।  

एक मेगावाटभन्दा ठूलो पहिलो जलविद्युत आयोजना निर्माण गरेको भन्दै श्रेष्ठलाई सम्मान गरिएको हो । उनी नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष हुन् । यो कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना निर्माण गरेको थियो । 

Advertisement

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका र मेलम्ची नगरपालिकामा आयोजना निर्माण भएको यो आयोजनाले करिब २५ वर्षदेखि व्यावसायिक उत्पादन गरिरहेको छ । श्रेष्ठ लामो समयदेखि विभिन्न व्यावसायसँगै सामाजिक कार्यहरुमा संलग्न हुँदै आएका छन् । उनी नेपाल बंगलादेश बैंकका संस्थापक अध्यक्ष पनि हुन् । 

इप्पानले आज ६ वटा विधामामा विभिन्न व्यक्ति तथा स.स्थालाई सम्मान गरेको छ । एक मेगावाटभन्दा सानो १८३ किलोवाटको स्याङगे खोला जलविद्युत आयोजनालाई सम्मान गरिएको छ जसको प्रवर्द्धक स्याङगे इलेक्ट्रिसिटी कम्पनी लिमिटेड हो । ऊर्जा क्षेत्रमा लगानी गर्ने पहिलो बैंकका रुपमा नविल बैंकलाई सम्मान गरिएको छ । 

पहिलो निर्माण कम्पनीका रुपमा एभरेष्ट निर्माण कम्पनी, पहिलो बीमा कम्पनी आईजीआई प्रुडेन्सियल इन्स्योन्स, पत्रकारका रुपमा विकास थापालाई सम्मान गरिएको हो । 

Advertisement