अमेरिकी डलरको भाउ घट्दा कस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर ?

Advertisement

काठमाडौं । आज २०८० माघ ५ गते । १९ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । 

Advertisement

आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.७० रुपियाँ र बिक्री १३३.३० रुपियाँ तोकेको छ । यस्तो दर हिजो क्रमशः १३२.७३ रुपियाँ र १३३.३३ रुपियाँ थियो । 

राष्ट्र बैंकले शुक्रबारका लागि १ युरोबराबर खरिदमूल्य १४४.५२ रुपियाँ र बिक्रीदर १४५.१७ रुपियाँ कायम गरेकामा हिजो खरिदमूल्य १४४.३५ र बिक्रीदर १४५ रुपियाँ तोकिएको थियो । यस दिन युरोको बिक्री बढेको हाे ।

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६८.४२  र बिक्रीमूल्य १६९.१८ तोकिएको छ । साथै, स्विस फ्रांक १ को खरिदमूल्य १५३.३७ रुपियाँ र बिक्रीमूल्य १५४.०७ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.१८ र बिक्रीमूल्य ८७.५८ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.४१ र बिक्रीमूल्य ९८.८६ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

बुधाबार सिंगापुर डलर १ को खरिदमूल्य ९८.७९ र बिक्रीमूल्य ९९.२४ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ८.९८ र बिक्रीमूल्य ९.०२ रुपियाँ, चिनियाँ युआन १ को खरिदमूल्य १८.४५ र बिक्रीमूल्य १८.५३ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.३८ र बिक्रीमूल्य ३५.५४ रुपियाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.४० र बिक्रीमूल्य ३६.५६ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७३ र बिक्रीमूल्य ३.७५ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१३ र बिक्री ३६.२९ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.१३ र बिक्री २८.२५ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९२ र बिक्री ९.९६ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७० र बिक्री १२.७६ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३८ र बिक्रीमूल्य १९.४६ रुपियाँ रहेको छ । 

शुक्रबारका लागि हङकङ डलर १ को खरिददर १६.९७ र बिक्रीदर १७.०४ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३१.२१ र बिक्रीदर ४३३.१६ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५२.०१ र बिक्री ३५३.६० तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement