सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपियाँ र तेजावी सुन प्रतितोला  १ लाख १७ हजार ५ सय ५० रुपियाँमा कारोबार भइरहेको छ ।

Advertisement

त्यस्तै चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

Advertisement