लगानी सम्मेलनले विदेशी, स्वदेशी र एनआरएनको लगानीलाई आकर्षित गर्ने छः अर्थमन्त्री

Advertisement

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आउँदो वैशाख १६ र १७ मा गर्ने भनिएको लगानी सम्मेलनले विदेशी, स्वदेशी र गैरआवासीय नेपाली (एनआरएन)को लगानीलाई आकर्षित गर्न प्राथमिकतामा राखेको बताएका छन् । 

तेस्रो लगानी सम्मेलन निर्देशक समितिको शुक्रबार सम्पन्न बैठकमा महतले सबै लगानीलाई आकर्षित गर्ने बताउँदै लगानी सम्मेलनका लागि नीतिगत, कानुनी र प्रक्रियागत सुधार र परियोजना तयारीलाई तीब्रता दिन निर्देशन दिएको लगानी बोर्डले बताएको छ । 

Advertisement

संभाव्य विदेशी लगानीकर्ता र परियोजना पहिचान गरी ठोस सुझाव प्रस्तुत गर्न उनले निजी क्षेत्रलाई आग्रह पनि गरे । आगामी लगानी सम्मेलन निजी क्षेत्र तथा विकास साझेदारहरुसँगको सहकार्यमा सरकारले गर्न लागेको हो । 

आजको बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले हालसम्मको तयारीबारे जानकारी दिएका थिए । बैठकमा विभिन्न सरोकारवाला मन्त्रालयका मन्त्रीहरु, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्य सचिव, सचिवहरु, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर तथा निजी क्षेत्रका प्रतिनिधिमूलक संस्थाका अध्यक्षहरु सहभागी थिए । 

Advertisement

Advertisement