अमेरिकी डलरको भाउ स्थिर, युरो घट्दा पाउन्ड स्टर्लिङ बढ्यो

Advertisement

काठमाडौं । आज २०८० माघ ८ गते । २२ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 

आज नेपाली बजारमा अमेरिकी डलर १ को खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकेको छ ।  आइतबार पनि सोही खरिदबिक्री दर सोही थियो ।

Advertisement

राष्ट्र बैंकले सोमबारका लागि १ युरोबराबर खरिदमूल्य १४४.५२ रुपियाँ र बिक्रीदर १४५.१७ रुपियाँ कायम गरेको छ । गत दिन यस्तो खरिदबिक्री दर क्रमशः १४४.४० र १४५.०५ थियो ।

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६८.४४ र बिक्रीमूल्य १६९.२० तोकिएको छ । आइतबार यस्तो खरिदमूल्य १६८.२२ र बिक्रीमूल्य १६८.९८ थियो । साथै, स्विस फ्रांक १ को खरिदमूल्य १५२.६५ रुपियाँ र बिक्रीमूल्य १५३.३४ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.५० र बिक्रीमूल्य ८७.८९ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.७४ र बिक्रीमूल्य ९९.१९ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 

यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९८.९२ र बिक्रीमूल्य ९९.३७ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ८.९५ र बिक्रीमूल्य ८.९९ रुपियाँ, चिनियाँ युआन १ को खरिदमूल्य १८.४३ र बिक्रीमूल्य १८.५२ रुपियाँ कायम गरिएको छ ।

त्यसैगरी साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.३६ र बिक्रीमूल्य ३५.५२ रुपियाँ तोकिएको छ । राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.३८ र बिक्रीमूल्य ३६.५४ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७३ र बिक्रीमूल्य ३.७५ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१० र बिक्री ३६.२७ रुपियाँ तोकिएको छ । 

त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.११ र बिक्री २८.२४ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९४ र बिक्री ९.९८ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.६७ र बिक्री १२.७३ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३८ र बिक्रीमूल्य १९.४७ रुपियाँ रहेको छ । 

सोमबारका लागि हङकङ डलर १ को खरिददर १६.९६ र बिक्रीदर १७.०४ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३०.९० र बिक्रीदर ४३२.८५ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५१.७५ र बिक्री ३५३.३४ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement