राशिफलः आज (माघ ९) तपाइँलाई पेशा, व्यावसाय, शेयर कारोबारबाट लाभहानी के होला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको ९ गते मंगलबार, पौष शुक्लपक्षको त्रयोदशी तिथि ।

मेष 
आवश्यकता भन्दा निकै बढि कडाखालको स्वाभाव हुने छ । सानासाना कुरामा पनि अरुलाई च्वास्स भन्ने बानीले गर्दा शत्रु बढ्ने छन् । बोलीको प्रभावमा गिरावट आउने भएकाले कामहरु बिग्रने छन् । पारीवारिक तनावले सताउने छ । पेशागत जीवनमा पनि गिरावटको सामना गर्नु पर्ने छ । शेयर क्षेत्र औसत रहने छ । 

Advertisement

वृष
व्यक्तित्वमा कमि आउँदा अरुले कमजोर आँकलन गर्ने छन् । नरम खालको व्यक्तित्व हुने छ । रोग व्याधिहरुले पेल्ने हुँदा सतर्क रहनु होला । पेशागत जीवनमा सकारात्मकता कायम रहने छ । शेयर क्षेत्र अनुकुल नै रहने छ । 

मिथुन 
संयमित रहनु पर्ने समय रहेको छ । धेरै जोखिमपूर्ण भन्दा निरन्तरतालाई अघि बढाउनु नै उचित हुने देखिन्छ । प्रशासनीय निकायबाट दुःख झेल्नु पर्ने छ । न्याय क्षेत्रमा रहेकाहरुलाई उल्झन व्योहर्नु पर्ने छ । शेयर क्षेत्र पनि प्रतिकुल देखिन्छ ।

कर्कट
पेशागत जीवन सन्तुलित रहने छ । तर बोली कडा हुने हुँदा हाकिमसँग वा बोससँग सम्बन्धमा चिसोपना आउने छ । मिष्ठान्न भोजन गर्न पाइने छ । तामसी चिजहरुमा पनि मन जाने हुँदा कुलतको खतरा देखिन्छ । शेयर क्षेत्र जोखिमपूर्ण रहने छ । 

सिंह
समय औसत खालको रहेको छ । मनमा भविष्य प्रतिको चिन्ताले पिरोल्ने छ । पेशागत जीवनमा केही सुधार आउँदा आर्थिक क्षेत्रमा भने मनोबल बढ्ने छ । सामाजिक सम्बन्धहरुमा नकारात्मक प्रभाव देखा पर्न जाँदा भए गरेको मान सम्मानमा कमि आउने छ । शेयर क्षेत्रमा केही सुधार आउने छ ।

कन्या
समय अनुकुल रहेकाले कामहरु फटाफट अघि बढ्ने छ । घरमा प्रेमले भरिएको वातावरण हुने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा सुधार आउने छ । कार्यालयमा सुमधुर सम्बन्धको संकेतहरु देखा पर्ने छन् । शेयर क्षेत्र औसत खालको हुने छ । 

तुला
विचार गरेर मात्र पाइला चाल्नु पर्ने समय अझै सक्रिय रहेको छ । पेशागत जीवनमा निकै धैर्य रहनु होला । बोलीको प्रभावमा गिरावट देखिने छ । परिवारको साथले भने केही राहत मिल्ने छ । मुद्धा मामिलामा फस्ने समय सक्रिय छ । शेयर क्षेत्र हल्का सकारात्मक हुने छ । 

वृश्चिक
कमाईमा सुधार आउने छ । गढेर बसेको धन फिर्ता हुने वातावरण बन्ने छ । बोद्धिकस्तरको व्यक्तित्व हुने छ । पेशागत जीवन औसत खालको हुने छ भने साझेदारीमा गरिएका कामहरुका भने बिबाद देखा पर्ने छ । परिवारमा मिलन हुने छ । शेयर क्षेत्र जोखिमपूर्ण देखिन्छ । 

धनु 
भाग्यको साथ नरहेकाले बन्न खाजेका कामहरुमा उल्झन आउने छन् । आम्दानीमा भने सन्तोष मिल्ने छ । पेशागत जीवनमा समस्या आउन हुँदा सचेत रहनु नै उचित हुने छ । दुविधात्मक व्यक्तित्व हुँदा अन्योलता रहने छ । धार्मिक कार्यमा मन जाने छ । शेयर क्षेत्र औसत खालको रहने छ । 

मकर 
बोलीमा रुखोपना आउने हुँदा झैझगडाको सामना गर्नु पर्ने छ । परिवारमा तनावपूर्ण वातावरण आउने छ । रोग प्रतिरोधात्मक क्षमतामा गिरावट आउने हुँदा रोग व्याधीको जोखिम देखिन्छ । शरीर कमजोर बन्ने छ । पेशागत जीवनमा धैर्य हुनु होस् । शेयर क्षेत्र औसत रहने छ । 

कुम्भ 
परिवारमा प्रभाव बढ्ने छ । बोलीमा सुधार आउँदा अरुको विश्वास आर्जन गर्न सकिने छ । पेशागत जीवनको प्रभावकारीतामा बृद्धि हुनेछ । आर्थिक क्षेत्रमा आश्वस्तता उत्पन्न हुने छ । धार्मिक आध्यात्मिक क्षेत्रमा आवद्धहरुलाई कदर मिल्ने तथा प्रभाव बढ्ने छ । शेयर क्षेत्र धेरै उत्साहि हुने खालको देखिँदैन् । 

मीन
दृढतामा कमि आउने छ । आफैले गरेका काम प्रति पनि मनमा असन्तोष जन्मने छ । मनमा उदासिनताको क्रम निरन्तर रहने छ । पेशागत जीवन औसत खालको हुने छ । शेयर क्षेत्रबाट भने लाभ मिल्ने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement