लगातार अमेरिकी डलरको भाउ स्थिर, यस्तो छ आजको विनिमय दर

Advertisement


काठमाडौं । आज २०८० माघ ९ गते । २३ जनवरी २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । 
शनिबारयता नेपाली बजारमा अमेरिकी डलरको खरिदबिक्री मूल्य स्थिर छ । शनिबारदेखि एउटै मूल्यमा खरिदबिक्री भइरहेको अमेरिकी डलर मंगलबार पनि सोही दर कायम छ । यस दिन अमेरिकी १ डलरको खरिदमूल्य १३२.६१ रुपियाँ र बिक्री १३३.२१ रुपियाँ तोकिएको छ । 
त्यसैगरी युरो भने बढेको छ । यस दिन १ युरोबराबर खरिदमूल्य १४४.३३ र बिक्रीदर १४४.९९ कायम भएको छ । यस्तो दर अघिल्लो दिन (सोमबार) क्रमशः १४४.५२ रुपियाँ र १४५.१७ रुपियाँ थियो । 

त्यस्तै, पाउन्ड स्टर्लिङ १ को खरिदमूल्य १६८.५१ र बिक्रीमूल्य १६९.२७ तोकिएको छ भने स्विस फ्रांक १ को खरिदमूल्य १५२.६५ रुपियाँ र बिक्रीमूल्य १५३.३४ रुपियाँ कायम गरिएको छ । 
त्यसैगरी अस्ट्रेलियन १ डलरको खरिदमूल्य ८७.३७ र बिक्रीमूल्य ८७.७७ रुपियाँ निर्धारण गरिएको छ भने क्यानेडियन डलर १ को खरिदमूल्य ९८.७९ र बिक्रीमूल्य ९९.२४ कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । 
यस दिन सिंगापुर डलर १ को खरिदमूल्य ९८.८७ र बिक्रीमूल्य ९९.३१ रुपियाँ, जापानिज येन १० को खरिदमूल्य ८.९६ र बिक्रीमूल्य ९ रुपियाँ चिनियाँ युआन १ को खरिदमूल्य १८.४३ र बिक्रीमूल्य १८.५२ रुपियाँ तोकिएको छ । साउदी अरबियन रियाल १ को खरिदमूल्य ३५.३६ र बिक्रीमूल्य ३५.५२ रुपियाँ तोकिएको छ । अघिल्लो दिन पनि यी दुवैको सोही दर कायम थियो । 
त्यसैगरी राष्ट्र बैंकका अनुसार कतारी रियाल १ को खरिदमूल्य ३६.३७ र बिक्रीमूल्य ३६.५४ रुपियाँ, थाई भाट १ को खरिदमूल्य ३.७२ र बिक्रीमूल्य ३.७४ रुपियाँ, युएई दिराम १ को खरिद ३६.१० र बिक्री ३६.२७ रुपियाँ तोकिएको छ । 
त्यस्तै, मलेसियन रिंगिट १ को खरिदमूल्य २८.०६ र बिक्री २८.१८ रुपियाँ, कोरियन वन १०० को खरिद ९.९० र बिक्री ९.९४ रुपियाँ, स्विडिस क्रोनर १ को खरिद १२.७० र बिक्री १२.७६ तथा डेनिस क्रोनर १ को खरिदमूल्य १९.३५ र बिक्रीमूल्य १९.४४ रुपियाँ रहेको छ । 
मंगलबारका लागि हङकङ डलर १ को खरिददर १६.९६ र बिक्रीदर १७.०४ रुपियाँ, कुबेती दिनार १ को खरिददर ४३०.९२ र बिक्रीदर ४३२.८७ रुपियाँ तथा बहराइन दिनार १ बराबर खरिदमूल्य ३५१.८० र बिक्री ३५३.३९ तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

Advertisement

Advertisement