उद्योगहरुमा अघोषित लोडसेडिङ बन्द गर्न उद्योग संगठन मोरङको माग

Advertisement

काठमाडौं । उद्योग संगठन मोरङले उद्योगहरुमा अघोषित लोडसेडिङ बन्द गर्न नेपाल विद्युत प्राधिकरणसँग माग गरेको छ । 

उद्योग व्यवसायको सञ्चालनका लागि आधारभूत कच्चपदार्थको रुपमा रहेको विद्युत आपूर्तिमा विगत केहि समयतया विहान र बेलुकी गरी ८ घण्टासम्म विना पूर्वसूचना अघोषितरुपमा भइरहेको विद्युत अवरोधले उद्योग व्यवसाय सञ्चालनमा कठिनाई भएको संगठनको भनाई छ । 

Advertisement

अर्थतन्त्र सुस्तता छाएको अवस्थामा विद्युत आपूर्तिमा अवरोध भईदिदा उद्योगी व्यवसायी माथि बज्रपात थपिएको संगठनका अध्यक्ष राकेश सुरानाले बताएका छन् । उनले आर्थिक विकासका मेरुदण्डका रुपमा रहेका उद्योगहरु माथि एकपछि अर्को समस्याहरु थपिरहदा समेत समस्या समाधानमा सरोकारवाला निकायबाट खासै चासो व्यक्त नहुदा औद्योगिक क्षेत्रको सञ्चालन भगवान भरोसाको अवस्थामा पुगेको बताएका छन् । 
 
निरन्तर संचालनमा रहनुपर्ने उद्योगहरुमा यसरी पूर्व सूचना विना विद्युत आपूर्ति बन्द गरिदिँदा उत्पादन प्रक्रिया ठप्प हुने, कच्चा पदार्थ खेर जाने, मिलमेशिनेरी बिग्रनुका साथै श्रमिक व्यवस्थापनमा समेत कठिनाई भई अनावश्यक आर्थिक भार वहन गर्नु परिरहेको संगठनको भनाई छ । 

उद्योग व्यवसायको सहज संचालनका लागि विद्युतको सहज एवं निरन्तर आपूर्तिका लागि प्राधिकरण तथा सरकारका सम्वन्धित निकायसँग संगठनले आग्रह गरेको छ । 

Advertisement

Advertisement