चीनमा आगलागी हुँदा ३९ जनाको मृत्यु, ९ घाइते
प्रतीकात्मक तस्बिर

Advertisement

एजेन्सी । पूर्वी चीनको जियाङ्सी प्रान्तको सिन्यु शहरमा एउटा भवनमा आगलागी हुँदा ३९ जनाको मृत्यु भएको छ । साथै, अन्य नौ जना घाइते भएको स्थानीय अधिकारीले बताएका छन् । 

घाइतेमध्ये ८ जनाको अवस्था स्थिर रहेको बताइएको छ ।

Advertisement

बुधवार दिउँसो करिव ३ बजे भवनबाट आगलागी सुरु भएको थियो । राति ९ बजे मात्रै आगो नियन्त्रणमा आएको बताइएको छ । 

छ तले व्यावसायिक र आवासीय इँटा–कंक्रिट संरचनाको भवनबाट आगलागी सुरु भएको हो । बेसमेन्टभित्र रहेको शीतभण्डारको मर्मतका लागि कामदारले गैरकानूनी रूपमा आगो प्रयोग गर्दा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

सो घटनाको अनुसन्धानका लागि सार्वजनिक सुरक्षा अधिकारीहरूले १२ व्यक्तिलाई हिरासतमा लिएका छन् ।

Advertisement

Advertisement