नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट १३५ अर्ब सहुलियत ऋण लिने

Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाबाट १३५ अर्ब सहुलियत ऋणका लागि अन्तर्राष्ट्रिय आशयपत्र आव्हान गरेको छ । 

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषको महंगो ब्याजदरको ऋण भुक्तानी गरी खर्चको भार कम गर्न यस्तो ऋण लिन लागिएको जनाएको छ । यसरी प्राप्त हुने ऋण सरकार वा सम्वन्धित निकायको स्वीकृति लिई ‘लोन स्विप’ गर्न र नयाँ जहाज खरीद गर्न प्रयोग गरिने निगमको भनाई छ । 

Advertisement

निगमले अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्ने ए–३२० र ए–३३० जहाजहरु खरिद गर्नको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण खासै घटाउन सकेको छैन् । यस्तो ऋण अझै करिव ५० अर्ब रुपियाँ रहेको छ । 

महंगो व्याजदरको ऋण ‘स्विप’ गर्नका लागि ब्यवस्थापनबाट पेश भएको प्रतिवेदन अनुसार सहुलियत ऋण लिनको लागि सैद्घान्तिक सहमतिको लागि निगम सञ्चालक समितिमा पेश भएकोमा गत जेठ २५ गते समितिले सरकार समक्ष पेश गर्ने निर्णय भएबमोजिम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, अर्थ मन्त्रालय र राष्ट्र बैंकसँग आवश्यक समन्वय गरी प्राप्त निर्देशन अनुसार यही माघ ४ को सञ्चालक समितिको निर्णयबमोजिम १३५ अर्ब ऋण प्राप्तीका लागि मंगलबार अन्तर्राष्ट्रिय आशयपत्र आह्वान गरिएको जनाइएको छ । 

प्राप्त हुने ऋणाबाट दुवै कोषको ऋण चुक्ता गर्ने, १० बर्षे व्यावसायिक योजनाअनुसार आन्तरिक तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उडान भर्ने जहाजहरु खरिद गर्ने, अन्तर्राष्ट्रिय स्तरको जहाज मर्मत सम्भार गर्ने ह्याङ्गर निर्माण गर्ने निगमले बताएको छ । 

यस्तो ऋण प्राप्त भएमा निगमले बार्षिक रुपमा तिर्दै आएको करीव साढे तीन अर्ब व्याज खर्चमा उल्लेख्य कटौती हुन गई निगमको नाफा बृद्घि हुने दावी गरिएको छ । 

Advertisement

Advertisement