‘रियालिटी शो’ ‘कमेडी च्याम्पियन सिजन–३’ को मुख्य प्रायोजकमा डिशहोम फाइबरनेट

Advertisement

काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो ‘कमेडी च्याम्पियन’को तेस्रो सिजनको मुख्य प्रयोजन (पावर वाई स्पोन्सर) डिशहोम फाइबरनेटले गर्ने भएको छ । 
 
फागुन ३ र ४ गतेबाट प्रसारण हुने यस कार्यक्रमका लागि मुख्य प्रायेजन गर्ने सम्वन्धमा डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदीप आचार्य र एडी रिलिजबीच बिहीबार ‘पावर वाई स्पोन्सर’ क्याटेगोरीमा सम्झौता भएको हो । 

तेस्रो सिजनमा उमेरको हिसाबले १३ वर्षकी बालिकादेखि केही वरिष्ठ नागरिकसम्म, तराई मूलकादेखि कालिकोटबाट तथा अमेरिकादेखि आएका प्रतिस्पर्धीसम्म नयाँ हाँस्य कलाकारहरुको प्रस्तुती रहने छ ।  

Advertisement

चर्चित ब्राण्डहरुको प्रायोजनमा प्रसारणमा आउन लागेको कमेडी च्याम्पियन सिजन ३ को निर्णायकहरुमा चर्चित हाँस्य कलाकारद्वय सन्तोष पन्त र मनोज गजुरेलका साथै अभिनेत्री ऋचा शर्मा तथा सफल युवा निर्देशक प्रदीप भट्टराईले नै निरन्तरता पाएको जनाइएको छ । 

कार्यक्रम प्रस्तोतामा रीमा विश्वकर्मालाई मेक्सम गौंडेलले नै साथ दिनेछन् । यस सिजनका विजेताले नगद रु २५ लाख तथा सोही बराबरको गाडि जित्नेछन भने टेलिभिजनको प्रशारण सकिने बित्तिकै ओयसआर रियालिटीमा यो कार्यक्रम हेर्न सकिनेछ। 

डिजिटल अडिशनबाट हजारौं आवेदकमध्ये १३२ जनालाई प्रि–जजिङका लागि बोलाएर तीमध्ये ७६ जनालाई फिजिकल अडिशन राउन्डमा बोलाईएको थियो । 

Advertisement