राशिफलः आज (माघ १२) तपाइँको पेशा, व्यावसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको १२ गते शुक्रबार, माघ कृष्णपक्षको प्रतिपदा तिथि ।

मेष 
आम्दानीमा बृद्धि होला होला जस्तो भएर पनि रकम भने हात लाग्ने छैन् । पेशागत जीवन भने स्थिर रहने छन् । दाम्पत्य जीवनमा द्वन्द देखा पर्नुका साथै साझेदारीमा गरिएका कामहरुमा पनि बादबिबादले स्थान पाउने छन् । अध्ययन अध्यापनमा तिब्रता आउने छ । चतुरतामा बृद्धि हुने छ ।

Advertisement

वृष
दृढ ब्यक्तित्व देखा पर्ने छ । बोलीमा नरमपना आउने हुँदा हुँदै पनि घर परिवारमा भने द्वन्द देखा पर्न जाने छ । रिसालु ब्यक्तित्व बन्ने भएकाले यसबारेमा संयमित रहनु होला । पेशागत जीवन सकारात्मक रहने छ भने आम्दानीमा पनि केही बृद्धि हुने छ । साझेदारीमा गरिएका काममा अबरोधहरु आउने छन् । 

मिथुन 
परिवारको साथ मिल्ने छ । तर भाग्यको साथ कम रहेकाले औसत भन्दा बढि समस्याहरुसँग जुध्नु पर्ने छ । कमजोर खाले ब्यक्तित्व बन्ने छ । यसअघि आफैसँग भएका चतु¥याईको क्षमतामा गिरावट आउन जाने हुँदा व्यवस्थापकीय क्षमतामा गिरावट देखा पर्ने छ । पेशागत जीवन भने स्थिर रहने भएकाले केही राहत मिल्ने छ । फलामजन्य व्यावसाय, भाडाका सवारीसाधन, सार्वजनिक सवारीसाधन, ग्यारेज, नट बल्टुको कारोवारमा संलग्नहरुलाई समय प्रतिकुल छ । 

कर्कट
कमजोर र अन्योलखाले व्यक्तित्व बन्ने छ । शारीरिक रुपमा पनि कमजोरीहरु देखा पर्ने छन् । खासगरी मांसपेशी तथा रगजन्य विषयमा सतर्क रहनु होला । सन्तान सुख प्राप्त हुने छैन । जीवनसाथिको साथ लिएर अघि बढेमा राहत मिल्ने छ । पेशागत जीवनमा उचार चढाव देखा पर्ने भएकाले संयमित रहनु होला । 

सिंह
माथिल्लो पेट, छाति तथा हृदयसँग सम्बन्धित विषयमा संयमित रहनु होला । रोजगारी तथा व्यवसाय दुबै क्षेत्रमा भने समय सकारात्मक रहने छ ।  बोलीको प्रभावकारीता बढ्ने छ । मनमा उत्साह र उमङ्गको कमि हुन जाने छ । रेष्टुरेण्ट, डान्स बार, बाउन्सर, सेना, प्रहरी, सुरक्षा फौज, सेक्युरिटी सेवा तथा घर घडेरीको कारोवारमा सहभागिहरुलाई समय चुनौतिपुर्ण रहने छ ।

कन्या
बौद्धिक क्षेत्रमा प्रगति हुने छ । फराकिलो सोच बन्ने छ । पेशागत जीवनमा भने समस्या देखा पर्ने छ । तर आम्दानी तथा कमाईमा भने बृद्धि हुने छ । अस्पतालको खर्च तथा अन्य खर्चहरु बढ्न पुग्ने छन् । मनमा दुविधा आउने भएकाले निर्णय क्षमतामा कमि आउने छ । जीवनसाथिको साथ तथा सल्लाहमा काम गरेमा शुभ हुने छ ।

तुला
पारीवारिक जीवनमा कटुता देखा पर्ने छ । पेशागत जीवनमा पनि अस्थिरता पैदा हुने भएकाले सतर्क रहनु होला । भाग्यको साथ रहेका कारण कतिपय समस्याहरु पार लगाउन तिब्रता उत्पन्न हुन जाने छ । आम्दानीमा गिरावट आउने छ, यसले पारीवारिक जीवनमा आर्थिक व्यवस्थापनको दबाब उत्पन्न गराई दिने छ । 

वृश्चिक
पेशागत जीवनमा सहारात्मकता देखा पर्ने छ । मनमा भने नकारात्मक विचारका तिब्रताले स्थान  पाउने छन् । मन उदासिन रहने छ । टाउको दुख्ने तथा भारी हुने, पिनास आदी जस्ता समस्याले गाँज्ने छ । अध्ययन अध्यापनमा तिब्रता आउने छ । पैतृक धन सम्पत्तिका कारण भरोसा सृजना हुने छ । 

धनु 
मनोबलको कमि हुने भएकाले केही गर्न सक्छु भन्ने धारणा मनमा आउन कठिन पर्ने छ । शारीरिक दुर्वलताले सताउने भएकाले सतर्क रहनु होला ।साझेदारीमा गरिएका कामहरुमा धेरै प्रगति हुन नसके पनि नराम्रो पनि हुने छैन् । व्यवस्थापकीय क्षमतामा ह्रास आउने भएकाले यसमा कार्यालयका स्टाफहरुसँग अविश्वास पैदा गरिदिने छ । 

मकर 
व्यक्तित्वमा दृढता आउने छ । साथै अनियन्त्रित रिसको मात्रा देखा पर्ने भएकाले यसलाई नियन्त्रण गर्न गम्भीर हुनु होला । दाम्पत्य जीवनमा कटुता हुने छ । आम्दानी तथा कमाईका विषयमा पनि द्वन्दको अवस्था आउने छ । साझेदारीमा गरिएका काममा समस्या चर्किने छ । भाग्यको साथ रहेकाले परिस्थिति काबु भन्दा बाहिर भने जाने छैन् । 

कुम्भ 
कठिन परिस्थितिबाट गुज्रनु पर्ने समय भएकाले धैर्यतापूर्वक पाइला चाल्नु होला । खर्च अत्याधिक बढ्ने समय सक्रिय रहेको छ । पेशागत जीवनमा भने केही स्थिरता रहँदा राहत मिल्ने छ । साझेदारीमा गरिएका काममा उल्झनहरु देखा पर्ने छन् । माथिल्ला पेट, छाति तथा ग्याष्ट्रिक सम्बन्धि समस्याले पिरोल्ने भएकाले सतर्क रहनु होला ।

मीन
पेशागत जीवनमा समस्या देखा पर्ने छ । आम्दानीमा भने हल्का बृद्धि हुने छ । अध्ययनमा ह्रास आउन जाने छ । चुतु¥याईमा कमि आउँदा यस अघि आफैले सम्पन्न गरेका कार्यहरु जस्तै काममा पनि मनोबल कम हुने छ । प्रेम सफल हुने छैन् । शारीरिक दुर्वलता देखा पर्ने छ । उपभोग गर्दै आएका सुख, सुविधा त्याग गर्नु पर्ने अवस्था आउने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement