अल्फाबिटाले मनायो अन्तर्राष्ट्रिय भर्ना दिवस, निःशुल्क परामर्शबाट विद्यार्थीहरु लाभान्वित

Advertisement

काठमाडौं । नयाँ बानेश्वरस्थित शैक्षिक परामर्श सेवा प्रदायक संस्था अल्फाबिटा कन्सल्टेन्सीले शुक्रबार कार्यक्रम गरी अन्तर्राष्ट्रिय भर्ना दिवस (इन्टरनेशनल एडमिसन डे) मनाएको छ । 

भर्ना दिवसको विशेष कार्यक्रमबाट धेरै विद्यार्थीहरुले विदेशमा अध्ययनका लागि एकै छानामुनी विभिन्न किसिमका सूचना तथा जानकारीहरु प्राप्त गरेर लाभान्वित भएका छन् । अल्फाबिटा कन्सल्टेन्सीका बजार व्यवस्थापन अधिकृत सयुश श्रेष्ठले यो शैक्षिक मेला संभवतः नेपालकै सबैभन्दा ठूलो भएको बताए । 

Advertisement

मेलामा सबैभन्दा पहिला विद्यार्थीहरुले आफ्नो नाम दर्ता गराएर मात्रै कार्यक्रममा सहभागी हुने व्यवस्था मिलाइएको थियो । उनीहरुले आफ्नो नाम दर्ता गराईसकेपछि सिधै निःशुल्क परामर्शमार्फत जानकारी लिन पाउने कक्षामा प्रवेश गर्न सक्थे । एउटै छानामुनी विद्यार्थीहरुले आफूलाई इच्छा लागेको देश र विश्वविद्यालय तथा कलेजको बारेमा जानकारी हाँसिल गर्न पाएका थिए ।  

विद्यार्थीहरुले आफूले पढ्न जान चाहेको देश, शैक्षिक संस्था, विषय तथा सम्वन्धित ठाउँको रहनसहनबारे जानकारी लिन छुट्टै सूचना केन्द्र (सीआरएम)को व्यवस्था गरिएको भन्दै अल्फाबिटाले विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय शिक्षासहित विदेश जाने प्रक्रियाको बारेमा जानकारी दिन आज २५ भन्दा धेरै स्टलहरु राखेको थियो । विदेशमा ख्यातीप्राप्त २० भन्दा बढी विश्वविद्यालयले सहभागीता जनाएका थिए । 

मेलामा आईईएलटीएस, पीटीई लगायतका कक्षाहरुको बारेमा जानकारी लिनका लागि सहज व्यवस्था गरिएको थियो । नाम दर्ता गराएको आधारमा विद्यार्थीहरुलाई विदेश जानुपूर्व लिनुपर्ने यस्ता अनिवार्य कक्षाहरुमा समेत ५० प्रतिशतदेखि शतप्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको थियो । 

अष्ट्रेलिया, क्यानडा, यूएसए, यूके, आरल्याण्ड, इण्डिया गरी ६ देशका विश्वविद्यालयहरु आज अल्फाबिटाको कार्यक्रममा सहभागी भएका थिए । आएका विद्यार्थीहरुको इच्छाअनुसार मेलामा सहभागी बाहेकका विश्वविद्यालयको बारेमा पनि जानकारी दिने व्यवस्था गरिएको थियो । अन्य देशमा जापान, आयरल्याण्ड तथा यूरोपको भिषा प्रक्रिया तथा विद्यार्थीहरुको गन्तव्यको बारेमा जानकारी दिइएको थियो ।

आज एक दिनमा नयाँ विद्यार्थीहरुले पनि आफूलाई जान उपयुक्त देश, पढ्नको लागि उपयुक्त विषय, विदेशी रहनसहन, जान गर्नुपर्ने प्रक्रिया, आफूमा चाहिने योग्यता तथा यी सबै कुराहरुको निर्धारण गर्दा व्यहोर्नुपर्ने खर्चको बारेमा एकै थलोमा जानकारी लिने सुनौलो मौका प्राप्त गरेको श्रेष्ठले बताए । 

शैक्षिक मेलामा सहभागी हुन आएका नुवाकोटका विद्यार्थी कमल थापाले भने, ‘मैले ट्रिनिटि कलेजबाट प्लस टू दिएर हाल सरस्वती कलेजमा बिबिए पढ्दै छु । मैले अहिले विदेश जाने सोच बनाएकाले अल्फाबिटाको शैक्षिक मेलामा आएको हो । मैले कस्तो तयारी गर्दा ठिक हुने रहेछ ? भनेर बुझ्न आएको हो । मैले यूएसको लागि ट्राई गर्न लागेकाले अल्फाबिटाबाट बुझ्दा राम्रो हुन्छ भन्ने लागेर आएको ।’ 

Advertisement