जापानमा भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति

Advertisement

टोकियो । जापानले नयाँ वर्षको भूकम्पबाट १७ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको जानकारी गराएको छ ।

जापानको राजधानी टोकियोमा नयाँ वर्षको पहिलो दिन अर्थात् जनवरी १ मा गएको भूकम्पमा परी कम्तीमा २३६ जनाको मृत्यु भएको र भौतिक क्षतिको लागत १७ अर्ब ६० करोड अमेरिकी डलर पुग्ने एक सरकारी अधिकारीले शुक्रबार बताएका छन् ।

Advertisement

इशिकावा प्रान्तमा केन्द्रविन्दू रहेको ७।५ म्याग्नीच्यूडको भूकम्प र त्यसपछिका पराकम्पनले जापानको समुद्री तटमा रहेको उक्त क्षेत्रको केही भाग ध्वस्त पार्नुका साथै भवनहरू भत्किएका छन्, सडकहरू भत्किएका छन् र ठूलो आगलागी भएको छ ।

इशिकावा र दुई छिमेकी क्षेत्रमा १.१ ट्रिलियन येन (७.४ बिलियन डलर) देखि २.६ ट्रिलियन येन (१७.६ अर्ब डलर) को क्षति भएको हुनसक्ने सरकारी अध्ययनले देखाएको हो । 

क्याबिनेट कार्यालयका एक अधिकारीले विगतका ठूला भूकम्पको तथ्याङ्क प्रयोग गरेर गणना गरिएको र बिहीबार सरकारी बैठकमा आर्थिक प्रतिवेदन पेश गरेको पुष्टि गरेका छन् ।

तर सन् २०११ मा उत्तरपूर्वी जापानमा गएको भूकम्प र सुनामीका कारण भएको १६.९ ट्रिलियन येनको क्षतिभन्दा यो निकै कम हो ।

त्यस विपत्तिले लगभग १८ हजार ५०० मानिसहरूको मृत्यु वा वेपत्ता र फुकुशिमा आणविक केन्द्रमा आणविक दुर्घटना निम्त्याएको थियो । यसलाई चेर्नोबिलपछिको विश्वको सबैभन्दा खराब आणविक दुर्घटना मानिएको छ । 

अधिकारीहरूले बिहीबार इशिकावाको पुनर्निर्माणको विस्तृत योजना सार्वजनिक गरेका छन् । इशिकावामा हिमपात र नराम्ररी क्षतिग्रस्त सडकहरूका कारण भूकम्पपछि राहत प्रयासलाई जटिल बनाएको छ।

यसमा कारखाना र बन्दरगाहहरूको पुनस् र्निर्माणका साथै यस क्षेत्रमा पर्यटकहरूलाई आकर्षित गर्न अनुदानका साथै उद्धारका लागि आश्रयस्थलहरूमा सुधार समावेश छ ।

जापान प्यासिफिक ‘रिंग अफ फायर’ मा अवस्थित छ, जुन तीव्र भूकम्पीय गतिविधिको चाप हो जुन दक्षिणपूर्व एशिया र प्रशान्त क्षेत्रमा फैलिएको छ ।

यो देश नियमित रूपमा भूकम्पको चपेटामा पर्दै आएको छ र भवनहरूले शक्तिशाली कम्पन सहन सक्ने सुनिश्चित गर्न कडा निर्माण नियमहरू छन् ।

नयाँ वर्षको भूकम्पबाट सबैभन्दा बढी प्रभावित भएका विशेष गरी ग्रामीण क्षेत्रका समुदायहरूमा धेरै संरचनाहरू पुराना छन् । रासस÷एएफपी 

Advertisement

Advertisement