यौन दुर्व्यवहारको अभियोगमा ट्रम्पलाई साढे ८ करोड डलर जरिवाना

Advertisement

एजेन्सी । न्युयोर्कको अदालतले अमेरिकी पूर्वराष्ट्रपति तथा सन् २०२४ का उम्मेदवार डोनाल्ड ट्रम्पलाई लेखक इ जिन क्यारोललाई क्षतिपूर्तिबापत आठ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिएको छ ।

क्यारोलले मानहानिको लागि क्षतिपूर्तिस्वरूप एक करोड डलरभन्दा बढी माग गरेकी थिइन् । 

Advertisement

फैसलालगत्तै ट्रम्पद्वारा जारी विज्ञप्तिमा फैसलालाई ‘हास्यास्पद’ भन्दै अपिल गर्ने उनले बताएका छन् । 

तीन घण्टाभन्दा केही कम समयको सुनुवाइपछि अदालतले आफ्नो निर्णय सुनाएको हो । 

यस मुद्दामा सुरूमा अदालतमा उपस्थित भएका ट्रम्पले बीचमा मुद्दाबारे आक्रामक धारणा सार्वजनिक गरेका थिए । तर पछि अन्तिम बहसका लागि अदालती सुनुवाइमा सहभागी भए । क्षतिपूर्ति र दण्डात्मक क्षतिको स्तर अदालतका क्लर्कले पढ्दा उनी अदालतभन्दा बाहिर थिए । 

‘यो हरेक महिलाका लागि ठूलो जित हो, जो आफूमाथि आक्रमण भएका समय उठ्नलाई हौसला हुनेछ,’ क्यारोलले भनिन्, ‘महिलालाई तल झार्ने कोसिस गर्ने हरेक धम्कीविरूद्ध यो ठूलो हार हो ।’ 

न्यायाधीशले आफ्नो गोपनीयताको रक्षा गर्न प्रोत्साहित गरेपछि नौ जना पुरुष र महिला अदालतबाट बाहिर निस्कँदा एक न्यायाधीश क्यारोललाई हेरी मुस्कुराएका देखिएको थियो । 

‘के तपाईंले ध्यान दिनुभयो ? यो मेरा लागि प्रष्ट छ,’ न्यायाधीश लुइस कपलानले फैसला सुनाउँदै भने । 

ट्रम्पले क्यारोलका बारेमा सार्वजनिक टिप्पणीमा दुर्भावनापूर्ण कार्य गरेको क्षतिपूर्तिस्वरूप ७३ लाख डलर र प्रतिष्ठामाथिको क्षतिका लागि एक करोड १० लाख ठलर र दण्डात्मक क्षतिपूर्तिको रूपमा ६ करोड ५० लाख डलर जरिवाना तोकेको छ । 

युनिभर्सिटी अफ रिचमन्ड स्कुल अफ लका प्राध्यापक कार्ल टोबियासले फैसलाबारे टिप्पणी गर्दै भने, ‘म यो पुरस्कारबाट आश्चर्यचकित भएको छैन । किनभने सुनुवाइका क्रममा उहाँको गम्भीर दुर्व्यवहारले न्यायाधीशलाई विमुख बनाएको हुन सक्छ ।’

‘ट्रम्प अपीलमा विजयी हुने सम्भावना छैन । कारण, न्यायाधीशहरूले कपलानलाई ठूलो सम्मान गर्छन् । उहाँ धेरै अनुभवी संघीय न्यायविद् हुनुहुन्छ,’ टोबियासले भने । 

न्युयोर्कको एउटा छुट्टै संघीय देवानी मुद्दामा क्यारोलमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा जुरीले दोषी ठहर गरेका ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्मको प्रयोग गरेर क्यारोल, सुनुवाइ र न्यायाधीशमाथि आक्रमण गर्ने अपमानजनक सन्देशको बाढी ल्याएका थिए । 

Advertisement

Advertisement