राशिफलः आज (माघ १५) तपाईंको पेशा, व्यवसाय, आर्थिक कारोबार कस्तो रहला ?

Advertisement

आज वि.सं.२०८० साल माघ महिनाको १५ गते सोमबार, माघ कृष्णपक्षको चतुर्थी तिथि ।

मेष 
भाग्य बलियो रहेको छ । पेशागत र ब्यापार ब्यवसायमा केही सकारात्मक नतिताहरु प्राप्त हुने छन् । शेयर कारोवार औसत अवस्थामा रहने छ । साझेदारीमा गरिएका काममा विवादका क्रम देखा पर्ने छन् । शारीरिक रुपमा कमजोरीहरु देखा पर्ने हुँदा उमङ्गको कमि हुने छ । मन निराश हुने छ ।

Advertisement

वृष 
साझेदारीमा भएका कार्यहरु सकारात्मक बन्ने छन् । ब्यापारमा सँलग्नहरुको आम्दानीमा बृद्धि हुने छ । शेयर कारोवारमा थोरै सकारात्मकता देखिने छ । भाग्यको बलियो साथ रहेकाले समय अनुकुल बन्ने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । 

मिथुन 
पेशागत जीवन सकारात्मक रहने छ । आम्दानीमा बृद्धि हुने छ । तरल पदार्थको कारोवारमा आवद्धहरुलाई फाइदा मिल्ने छ । शेयर कारोवार प्रतिकुल रहने छ । साझेदारीमा गरिएका कामहरुमा कठिनाई देखा पर्ने छ । धन तथा पैतृक सम्पत्तिका विषयमा परिवारमा किचलो र द्वन्द देखिने छ ।

कर्कट
पेशागत जीवन औसत खालको हुने छ । खर्च धेरै हुने वा गर्नु पर्ने बाध्यात्मक परिस्थिति आइ लाग्ने छ । आम्दानी र खर्चका बीच सन्तुलन कायम नहुँदा कठिनाई उत्पन्न हुने छ । शेयर कारोवार प्रतिकुल रहने छ । धन सम्पत्तिमा नोक्सानी हुने चुनौतिपूर्ण समय रहेकाले सतर्कता अपनाउनु होला । बोलीको प्रभाव कमजोर हुन पुग्ने छ ।

सिंह
पेशागत जीवनमा थप जिम्मेबारी निभाउनु पर्ने हुन्छ । आफु भन्दा माथिल्ला नेतृत्वले विश्वास गर्ने छन् । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा कठिनाईहरुसँग जुध्न शक्ति प्राप्त हुने छ । शेयर कारोवार सकारात्मक रहने छ । चलाख व्यक्तित्व बन्ने छ ।

कन्या
ब्यापार ब्यवसायमा आवद्धहरुलाई फाइदा मिल्ने छ । सेवा क्षेत्रमा रहेकाहरुको हकमा पनि गरेको कार्यको उच्च मुल्यांकन हुने र कदर हुने छ । थप जिम्मेबारी प्राप्त हुने छ । शेयर कारोवार संयमित भएर मात्र अघि बढ्नु पर्ने देखिन्छ । प्रभावकारी बाणिका कारण अरुको मन जित्न सकिने छ ।

तुला 
पेशागत जीवन सन्तुलित हुने छ । शेयर कारोवारमा धैर्यता साथ मात्र कदम चाल्नु शुभ हुने छ । प्राज्ञिक क्षेत्रमा आवद्धहरुलाई समय शुभ रहेकाले लाभ मिल्ने छ । धर्म अध्यात्म प्रति लगाव बढ्ने छ । धार्मिक क्षेत्रका वस्तुहरुको कारोवारमा रहेकाहरुलाई लाभ मिल्ने छ ।

वृश्चिक
रोजगारीमा रहेकाहरुले थप जिम्मेवारी पाउने छन् । व्यावसायमा आवद्धहरुलाई समय औसत प्रकृतिको रहने छ । शेयर कारोवार पनि औसत प्रकृतिकै हुने छ । जोखिमपूर्ण क्षेत्रहरुमा आवद्धहरुलाई फाइदा मिल्ने जाने छ । साझेदारीमा गरिएका कामहरुबाट लाभ मिल्ने छ । परिवारको बलियो साथ रहने हुँदा आँट र भरोसा मिल्ने छ । तर ब्यक्तित्वमा भने गिरावट देखिन पुग्ने छ ।

धनु 
पेशागत जीवन सकारात्मक हुने छ । भाग्यको बलियो साथ रहेकाले उन्नति प्रगति हुने छ । आम्दानीमा केही बृद्धि हुने छ । शेयर कारोवारमा भने सजगता अपनाउनु पर्ने समय रहेको छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने हुँदा प्रतिष्पर्धिहरु टिक्ने छैनन् । धन धान्य तथा सम्पत्तिमा केही बृद्धि हुन पुग्ने छ । 

मकर 
पेशागत जीवन तथा ब्यावसायिक जीवनमा कठिनाईको सामना गर्नु पर्ने हुन्छ । शेयर कारोवारमा धेरै उत्साही भइहाल्ने समय देखिँदैन् । व्यक्तित्वमा दृढता बृद्धि हुने छ । मनमा घमण्डिपनाको मात्रा धेरै बढ्न पुग्ने भएकाले संयमित रहनु नै बुद्धिमानी हुने छ । प्रतिष्पर्धात्मक क्षमतामा सवलता हुने छ । 

कुम्भ 
पेशा, ब्यवसाय तथा कार्यालय सम्बन्धि विषयमा संयमित भएर पाइला चाल्नु पर्ने समय रहेको छ । श्रम सम्बन्धी समस्या झेल्नु पर्ने छ । शेयर कारोवारका लागि धेरै उत्साही हुने समय देखिँदैन् । पेशागत जिम्मेबारीमा छोटोछोटो यात्रामा निस्कनु पर्ने हुन सक्छ । मनमा दुविधाले सताउने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला ।

मीन
पेशागत जीवन तथा ब्यापार ब्यवसायमा कठिनाईहरुको सामना गर्नु पर्ने समय रहेकाले धैर्य भएर पाइला चाल्नु होला । साझेदारीमा गरिएका कामहरुमा पनि द्वन्दात्मक क्रम देखा पर्ने छ । शेयर कारोवार औसत प्रकृतिको रहने छ । प्रतिष्पर्धात्मक क्षमतामा बृद्धि हुने र लचक प्रकृतिको व्यक्तित्व हुने छ ।

(गुरु पन्त ज्योतिषी, पण्डित, वास्तुविद्, आध्यात्मिक उत्प्रेरक, रत्नविद् एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८४१५२७५१०)

Advertisement