सुन महंगिदा चाँदीको मूल्य स्थिर

Advertisement

काठमाडौं । बुधबार सुनको मूल्य बढ्दा चाँदी भने स्थिर छ । सुनको मूल्य प्रतितोला १ सय रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ७ सय रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख १८ हजार १ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यस्तै चाँदी हिजो जस्तै आज पनि प्रतितोला १ हजार ४ सय २० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement