चौधरीसँगै बाँसबारी छालाजुत्ताका तत्कालिन कार्यकारी निर्देशक पनि पक्राउ

Advertisement

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई पक्राउ गरेको छ । 

उक्त उद्योगको जग्गा हिनामिना गरेको आरोपमा अनुसन्धानका लागि भन्दै उद्योगपति अरुण चौधरीलाई पक्राउ गरेकी दिन आज बिहीबार थापालाई पनि पक्राउ गरिएको हो । 

Advertisement

कारखानाको १० रोपनी जग्गा सीजी रेसिडेन्सी प्रा.लि.को नाममा नामसारी भएको घटनामा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाई छ । चौधरीलाई लैनचौरबाट र थापालाई बत्तिसपुतलीबाट पक्राउ गरिएको हो । 

उनी कार्यकारी निर्देशक रहेको बेला उद्योगको जग्गा बिक्री गर्ने निर्णय भएको जनाइएको छ । सोहीअनुसार चौधरीले सो जग्गा किनेका थिए । 

Advertisement

Advertisement