ताइवानमा सम्पन्न अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपाल चौथो हुन सफल

Advertisement

काठमाडौं । ताइवानमा शुक्रबार सम्पन्न भएको अन्तर्राष्ट्रिय विज्ञान मेलामा नेपालले ईन्जिनियरिङ तर्फको विधामा चौथो  स्थान हासिल गर्न सफल भएको मेलामा सहभागीले बताएका छ्न् । 

माघ १४ देखि सुरु भएको यस मेलामा नेपालको तर्फबाट प्रतिष्पर्धा गरेका कक्षा १२ मा अध्ययनरत हेटौंडाका विद्यार्थी शाश्वत वाइबाको कृषि(प्रविधिमा आधारित ‘एग्रो–गार्ड’ नामक अनुसन्धान परियोजनाले चौथो स्थान हासिल गरेको हो । 

Advertisement

गणित, रसायनशास्त्र, इन्जिनियरिङ लगायतका फरक फरक १३ वटा विधा समेटिएको उक्त मेलामा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विजरल्यान्ड लगायतका २७ भन्दा बढि देशका राष्ट्रियस्तरबाट छनोट भएका  उत्कृष्ट युवा वैज्ञानिक विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

बीस वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विध्यार्थीहरुको वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यका साथ हरेक बर्ष ताइवानको सुचना तथा प्रविधि मन्त्रालय मातहतको नेशनल ताइवान साइन्स एजुकेशन सेन्टरले यो मेला आयोजना  गर्दै आएको छ । 

वाइबाका अनुसार विविध विधामा आधारित वैज्ञानिक अनुसन्धान परियोजनाहरुलाई प्रदर्शन गराइने यस मेलामा यस बर्ष ६३० जना विध्यार्थी अनुसत्धानकर्ताहरुद्वारा ३५९ वटा विज्ञान, सुचना(प्रविधि ,नवप्रवर्तन सम्बन्धि अनुसन्धानका प्रोजेक्ट हरु राखिएको थियो । जहाँ ५४ वटा अन्तर्राष्ट्रिय र ३०४ वटा राष्ट्रिय प्रोजेक्टहरु समाबेश गरिएका यो मेलामा नेपालबाट विध्यार्थी प्रतिस्पर्धामा सहभागी गराउनका लागि विज्ञान तथा प्रविधिका क्षेत्रमा काम गर्दै आएका एस्ट्रोनोभा फाउन्डेसनले दरखास्त आवेदन आह्वान गरि प्रतिस्पर्धामार्फत वाइबाको परियोजना छनौट गरि नेपालबाट उनलाई प्रतिनिधित्व गराईको थियो । 

वाइबाले गत वर्ष बेनिक्युब रिसर्च अर्गनाइजेशनद्वारा आयोजित राष्ट्रिय युवा वैज्ञानिक सम्मेलनमा युवा वैज्ञानिकको उपाधि समेत प्राप्त गरेका थिए । उनीसहित किशन बास्तोला र आयुष बस्नेतको टोली ताइवान गएको थियो । 

Advertisement