सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रवि लामिछाने र पूर्वउपराष्ट्रपतिका छोराविरुद्ध जाहेरी

Advertisement

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन विरुद्ध पनि जाहेरी परेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछाने र पुनसहित थप १८ जनाविरुद्ध पुरक जाहेरी परेको हो । 

सूर्यदर्शन सहकारीबाट ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्न गैरकानुनी रुपमा पैसा लगेको र टेलिभिजनको प्रबन्ध निर्देशक लामिछाने भएकाले छानबिनको दायरामा ल्याउनुपर्ने पीडित पक्षको माग छ । सूर्यदर्शन सहकारीका बचतकर्ताको १ अर्बभन्दा बढी रकम अपचलन गरेर सहकारीका पूर्वअध्यक्ष गितेन्द्र (जीबी) राईसहित दर्जनौं व्यक्ति भने अहिले फरार छन् । 

Advertisement

Advertisement

Advertisement