एभरेष्ट बैंक र धनगढी नेत्रालयबीच विशेष छुट प्रदान गर्ने सम्झौता

Advertisement

काठमाडौं । एभरेष्ट बैंक र धनगढी नेत्रालय प्रालि, धनगढी कैलालीबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । योसंगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त नेत्रालयको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् । 

बैंकका वरिष्ठ प्रबन्धक सतिशप्रताप सिंह र नेत्रालयका मेडिकल डाइरेक्टर डा. रविधर भण्डारीद्घारा हस्ताक्षरित उक्त सम्झौता लागू भएसंगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारीक सदस्यहरुले उक्त अस्पतालबाट ओपिडी तथा आईपिडी र चश्मा तथा फ्रेममा मा १० ५ सम्म साथै फार्मेसी तथा सर्जरीमा सेवामा ५५ सम्मको विशेष छुटको लाभ लिन सक्नेछन् । 

Advertisement

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दको उपस्थितिमा सम्पन्न उक्त समारोहमा बैंकका सुदूरपश्चिम प्रदेशका प्रादेशिक प्रबन्धक उज्वलकुमार पोखरेलको समेत उपस्थिति रहेको थियो । 

देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा संजाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालय, १६४ एटिएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिङ्ग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ । 

 

Advertisement