होण्डाले ल्यायो आधुनिक प्रबिधि थप गरी एसपी १२५, मूल्य कति ?

Advertisement

काठमाडौं । होण्डा ब्राण्डले बिभिन्न अत्याधुनिक प्रबिधिहरु थप गरी एसपी १२५ बीएसभीआई मोटरसाइकल बजारमा ल्याएको छ । 

१२५ सीसी हर्स पावर रहेको यस मोटरसाईकल बीएसभीआई प्रबिधियुक्त रहेको हुँदा यसले ग्राहकको दैनिकीलाई अझ बढी सहज, बिश्वसनीय तथा भरोसायुक्त बनाउन सफल हुने होण्डाको लागि नेपालको आधिकारिक बिक्रेता स्याकार टेडिङ्ग कम्पनी प्रालिको विश्वास छ । 

Advertisement

यस मोटरसाईकलमा रहेको बिषेश किसिमको चक्का तथा आर्कषक डिजिटल मिटरले चालकलाई गज्जबको अनुभव दिने गर्दछ  । साथै आधुनिक प्रबिधीको एसीजी स्टार्टरले सवारीबाट निस्कने झर्को आवाजलाई सुक्ष्म मधुर आवाजमा रुपान्तरित गरिदिने हुँदा यात्रा अवधीभर चालकको मनोभावना प्रफुलित र सकारात्मक हुन जान्छ । 

हृण्डलमै रहेको इञ्जिन स्टार्ट स्टप स्वीचले चालकको यात्रा सहजपुर्ण बनाउनुको साथै सवारीमा प्रयोग भएको गुणस्तरीय एलईडी हेडलाईटले जुनसुकै मौसम तथा परिस्थीतिमा ग्राहकहरुलाई सुरक्षाको प्रत्याभुति दिनेमा कम्पनी बिश्वस्त छ । 

ग्राहकको चाहना अनुसारको आर्कषक डिजाईन तथा रङ्गहरुमा उपलब्ध होण्डाको एसपी १२५ ले युवा ग्राहकहरुका साथै पेशागत ब्यस्त दैनिकी भएका  ग्राहकहरुलाई समेत आर्कषित गर्न सफल कम्पनीले जनाएको छ ।  

होण्डा शोरुम वा होण्डा नेपालको आधिकारिक वेवसाइटमा गई उपलब्ध क्यूआर कोड स्क्यान गरी सीमित अवधिको लागि मात्र रु. २,७८,९०० को प्रारम्भीक मुल्यमा एसपी१२५ खरिद या बुकिङ्ग गर्न सकिने सहज सुबिधाको ब्यबस्था गरिएको कम्पनीले जनाएको छ ।
 

Advertisement