हुलाक सेवाका एक हजार ६३६ दरबन्दी खारेज

Advertisement

काठमाडौं । सरकारले हुलाक सेवामा रहेका एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको छ । बिहीवारको मन्त्रिपरिषद् बैठकले नेपालको हुलाक सेवाको संगठन संरचना परिर्वतन गरी एक हजार ६३६ दरबन्दी खारेज गर्ने निर्णय गरेको हो । 

सरकारकी प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार सरकारले एक पालिका एक हुलाक नीतिलाई कार्यान्वयन गर्ने निर्णय गरेको छ । उनले हुलाक सेवाको केन्द्रीय धनादेश कार्यालय र टिकट व्यवस्थापन कार्यालय पनि खारेज गर्ने निर्णय भएको बताइन् । 

Advertisement

बैठकले विद्युतीय सुशासन आयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैदान्तिक स्वीकृत दिने, गरिब परिवार पहिचान परिचयपत्र वितरण निर्देशिका २०८० स्वीकृत गर्ने, रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयार विकास समिति गठन आदेश २०८० बमोजिम अध्यक्ष पदमा महोत्तरीका डा. पर्शुराम मिश्रलाई नियुक्ति गर्ने निर्णय पनि गरेको छ । 

Advertisement

Advertisement