युनिलिभरको खुद नाफामा २४ प्रतिशतले गिरावट, इपिएस पनि घट्यो

Advertisement

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/०८१ को दोस्रो त्रैमाससम्म युनिलिभर नेपालको खुद नाफा घटेको छ । 

पुस मसान्तसम्म कम्पनीको खुद नाफा ४२ करोड १० लाख रुपियाँमा सीमित भएको छ । यो गत आवको तुलनामा २३.८० प्रतिशतले कम हो । 

Advertisement

त्यसैगरी, कम्पनीको कुल आम्दानी पनि १४.५० प्रतिशतले घटेको छ भने कुल खर्च १०.६९ प्रतिशतले घटेको छ।

समीक्षा अवधिमा कम्पनीले १ अर्ब ८४ करोड रुपियाँ बिक्री आम्दानी गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा १६. २० प्रतिशतले कम हो । गत आवमा कम्पनीको यस्तो आम्दानी २ अर्ब २० करोड रुपियाँ थियो।

त्यसैगरी दोस्रो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी पनि २८५.५६ ले घटेर ९१४.२२ रुपियाँमा सीमित भएको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ ४ हजार २१४ रुपियाँ छ भने मूल्य आम्दानी अनुपात ४३.७५ गुणा रहेको छ।

९ करोड २१ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ३ अर्ब ७७ करोड रुपियाँ रहेको छ ।

Advertisement