एलआईसी नेपालको नाफा उल्लेख्य बढ्यो, जीवन बीमा कोषमा कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा एलआईसी नेपालले उल्लेख्य नाफा कमाएको छ । 

समीक्षा अवधिमा कम्पनीले १३ करोड ६६ लाख २५ हजार ९०२ रुपियाँ खुद नाफा गरेको छ । गत आवमा कम्पनीले ८ करोड ५५ लाख ५ हजार ७६ रुपियाँ नाफा कमाएको थियो । गत आवको तुलनामा समीक्षा अवधिको नाफा ५९.७९ प्रतिशतले बढी हो । 

Advertisement

गत आवमा फ्युचर बोनस प्रोभिजनिङका कारण घटेको मुनाफा यस वर्ष यस्तो प्रोभजनिङमा खुकुलो बनाएसँगै वृद्धि भएको कम्पनीले जनाएको छ ।

त्यस्तै, पुस मसान्तसम्ममा कम्पनीले खुद बीमाशुल्कअन्तर्गत ८ अर्ब ६६ ३१ लाख ४५ हजार ३६२ रुपियाँ आम्दानी गरेको छ । गत आवकोे सोही अवधिमा कम्पनीले ८ अर्ब ७२ करोड ९५ लाख, १७ हजार ६६७ रुपियाँ आम्दानी गरेको थियो । 

त्यस्तै, दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १३ अर्ब ८० करोड रुपियाँ छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कोष १ खर्ब एक अर्बभन्दा बढीको थियो । 

पुस मसान्तसम्म कुल दाबी भुक्तानी ३ अर्ब ९८ करोडबाट बढेर ५ अर्ब २५ करोड नाघेको छ भने कम्पनीको प्रतिशेयर आम्दानी ६.४५ रुपियाँबाट बढेर १०.३१ रुपियाँ पुगेको छ ।
 

Advertisement