खुम्बु गाउँपालिकाद्वारा हिमालका आधार शिविर व्यवस्थापनका लागि नयाँ कार्यविधि जारी

Advertisement

काठमाडौं । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले हिमाल आधार शिविरहरु व्यवस्थापनको लागि कार्यविधि तयार गरेको छ । गाउँपालिकाले खुम्बुस्थित सगरमाथा आधार शिविर र अन्य हिमालहरुको व्यवस्थापनको लागि तयार गरेको कार्यविधि कार्यपालिका बैठकबाट पास गरेको हो । 

यो कार्यविधि यही आउँदो वसन्त ऋतुबाट कार्यान्वयन हुने गाउँपालिकाका अध्यक्ष मिङ्मा छिरि शेर्पाले बतए । कार्यविधिको मस्यौदा तयार गर्ने क्रममा गाउँपालिकाले सरोकारवालासँग छलफल गरी सुझाव लिएको थियो । माघ २३ को कार्यपालिका बैठकले पारित गरेको आधार शिविर व्यवस्थापन कार्यविधिमा वातावरण संरक्षण र फोहोर व्यवस्थापन सम्बन्धी व्यवस्था, ढुवानी तथा उद्धारकार्य सम्बन्धी व्यवस्था, स्रोत तथा क्याम्प व्यवस्थापन सम्बन्धी व्यवस्था र सञ्चार, सुरक्षा र आपतकालीन प्रतिक्रिया सम्बन्धी व्यवस्था समेटिएको शेर्पाले बताए । 

Advertisement

वातावरण संरक्षण र फोहोर व्यवस्थापनसम्बन्धी व्यवस्थाः
१. वातावरणीय प्रभावलाई न्यूनीकरण गर्नको लागि ‘लिभ नो टे«स्ट’ एवं जिम्मेवार पर्वतारोहण अभ्यासहरु प्रर्वद्र्धन गर्न कुनैपनि आरोहण दलमा आबद्ध पवतारोहीहरुले सगरमाथा, ल्होत्से र नुप्सेबाट ८ के।जी र आमाडब्लामबाट ३ के ।जी फोहोर अनिवार्य रुपमा आधार शिविर सम्म लाउनु पर्नेछ ।

२. आधार शिविर क्षेत्रलाई सफा राख्न प्रत्येक आरोहण दलले आफनो क्याम्प वरिपरि नियमित सरसफाई अभियान संचालन गर्नु पर्नेछ ।

३. मानव फोहोरको उचित व्यवस्थापन तथा विसर्जन गर्नको लागि आधार शिविर भन्दा मार्थि अनिवार्य रुपमा पप झोला र बायोडिग्रेडेबल झोलाको प्रयोग गर्नु पर्नेछ । 

४. आधार शिविरभन्दा मार्थि चाहिने सामानहरुको सूची तयार गरी अनिवार्य दर्ता गराउनु पर्नेछ । पर्वतारोहण अभियान सकेपछि पर्वतारोहण प्रयोजनको लागि आधार शिविरभन्दा मार्थि प्रयोग भएका सामानहरु र टाँगिएका डोरीहरु अनिवार्य रुपमा आधार शिविरमा फिर्ता ल्याउनु पर्नेछ । पर्वतारोहण अभियान सकेपछि आधार शिविरभन्दा मार्थि खाद्यन्न तथा अन्य कुनै पनि सामग्रीहरु भण्डारण गर्न पाइने छैन् । साथै आधार शिविरभन्दा मार्थि बक्स टेन्टको प्रयोग गर्न पाइने छैन् ।

५. आधार शिविरभन्दा मार्थिबाट ल्याएको र क्याम्पमा उत्पादन भएको फोहोर तोकिएबमोजिम वर्गिकरण गरी प्रदुषकले तिर्ने सिद्धान्तका आधारमा शूल्क गाउँपालिकासिभित्रको फोहोर व्यवस्थापन गर्न जिम्मेवारी प्राप्त संस्थालाई बुझाउनु पर्नेछ । 

६. पर्वतारोहणको क्रममा कुनैपनि पर्वतारी, पथ प्रदर्शक र उचाइका कामदारको मृत्यु भएमा मृत शरीरको व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित टे«किङग एजेन्सी÷ट्राभल एजेन्सीको हुनेछ । तोकिएबमोजिम फोहोर तथा मृत शरीरको व्यवस्थापनपछि गर्बिज क्लिरन्स लेटर ९फोहोर निकासी पत्र० दिइनेछ । 

७. मनोरम प्राकृतिक दृश्य तथा वैभवशाली शेर्पा संस्कृतिले गर्दा विश्व सम्पदा सूचीमा सूचीकृत सगरमाथा क्षेत्रको सांस्कृतिक संवेदनशीलतालाई मध्यनजर गर्दै आधार शिविर र सोभन्दा माथि पर्वतारोहण गतिविधि बाहेक व्यवसायिक रूपमा बार, बेकरी क्याफे, स्पा लगायत अन्य कुनैपनि व्यवसायिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन ।

८. गाउँपालिका भित्र पर्ने हिमालचुलीका आधार शिविरहरू र अन्य कुनैपनि क्षेत्रहरूमा प्रचलित कानून बमोजिम अनुमति लिएर मात्र साहसिक पर्यटन गतिविधिहरू सञ्चालन गर्न सकिनेछ ।

९. आधारशिविर क्षेत्र वरपरको कमजोर पारिस्थितिकी प्रणालीलाई मध्यनजर गर्दै क्याम्प स्थापना गर्दा आवश्यक पर्ने ढुङ्गालगायतका अन्य स्थानीय सामग्रीहरू तोडमोड नगरी प्राकृतिक अवस्थामा नै प्रयोग गर्नु पर्नेछ ।

१०. क्याम्प परिसरमा अति आवश्यक पर्ने बाहेक आधार शिविरमा लामो दूरीसम्म देखिने गरी चम्किलो र टाढाबाट नै झिलीमिली देखिने गरी बत्ती बाल्न पाइने छैन । आपत्कालीन अवस्थामा बाहेक रात्रीकालीन समयमा क्याम्प परिसरमा बत्तीहरू अनिवार्य रूपमा बन्द गर्नु पर्नेछ ।

ढुवानी तथा उद्धारकार्य सम्बन्धी व्यवस्थाः
१. पर्वतारोहणसंग सम्बन्धित सामग्रीहरू स्याङबोचेसम्म हेलीकप्टर वा यातायातको अन्य साधनमार्फत ढुवानी गर्न सकिनेछ भने स्याङबोचेभन्दा माथि याक, जोप्के र स्थानीय कामदारमार्फत मात्र ढुवानी गर्नु पर्नेछ ।

२. पर्वतारोहणबाट स्थानीय समुदायको जीवनस्तर उकास्न अधिकतम सहयोग पुर्याउनको लागि स्थानीय स्तरमा उपलब्ध याक, जोप्के र स्थानीय कामदारहरूको उपलब्धतालाई मध्यनजर राखी आरोहण अभियान शुरू हुनुभन्दा अगाडि देखि नै प्राथमिकताको आधारमा आरोहण सामग्रीहरूको वर्गिकरण गरी चरणबद्ध रूपमा ढुवानी गर्ने व्यवस्था मिलाउनुका साथै याक, जोप्के र स्थानीय कामदारहरूले बोक्न मिल्ने गरी प्याकिङ गरेको हुनु पर्नेछ ।

३. उद्धार प्रयोजनको लागि सगरमथा आधार शिविरको उपयुक्त स्थानमा सामुहिक रूपमा प्रयोग हुने गरी तीनवटासम्म हेलिप्याडको व्यवस्था गर्न सकिनेछ ।

४. उद्धार प्रयोजनबाहेक अन्य कार्यको लागि आधारशिविरभन्दा माथि हेलीकप्टर उडान र अवतरण गर्न पाइने छैन् ।

स्रोत तथा क्याम्प व्यवस्थापन सम्बन्धी व्यवस्था
१. प्रत्येक पर्वतारोहण अभियानको लागि पाल, खाद्यान्न, अक्सिजन सिलिन्डर र चिकित्सा उपकरण जस्ता आवश्यक स्रोतहरूको उपलब्धता सुनिश्चित हुनु पर्नेछ ।

२. पर्वतारोहण अभियानको क्रममा आधार शिविरमा सुत्ने प्रयोजनको लागि प्रतिव्यक्ति अधिकतम ८० वर्गफिटसम्मको क्षेत्रफल प्रयोग गर्न सकिनेछ ।

३. पर्वतारोहण अभियानको क्रममा आधार शिविरमा भोजन कक्ष प्रयोजनको लागि प्रतिव्यक्ति अधिकतम १० वर्गफिटसम्मको क्षेत्रफल प्रयोग गर्न सकिनेछ ।

४. आधार शिविरमा पर्वतारोहीहरू र पर्वतारोहण सहयोगीहरूको लागि आवश्यक पर्ने बाहेक अन्य खाली टेण्ट्रहरू टाँगेर राख्न पाइने छैन ।

५. एउटा आरोहण दलमा १५ जना पर्वतारोही र तिनका सहयोगीहरू गरी अधिकतम ३० जनासम्म रहन सक्नेछ ।

६. सुत्ने टेण्टमा अटयाच्ट टोइलट राख्न पाइने छै । प्रत्येक क्याम्पमा १५ जनासम्मको सामुहिक प्रयोगको लागि अधिकतम ४ वटा टोइलट टेण्टस, २ वटा शावर टेण्ट र पिसाव मात्र फेर्नको लागि छुट्टै २ वटा युरन टोइलट टेण्टको व्यवस्था गर्न सकिनेछ ।

७. गाउँपालिका क्षेत्रभित्रका कुनैपनि हिमालचुलीका आधार शिविरहरूमा आरोहण दल, ट्रेकिङ्ग एजेन्सी, होटल व्यवसायी वा कुनैपनि व्यक्ति वा संस्थाले व्यवसायिक गतिविधि सञ्चालनको लागि स्थायी रूपमा टेन्ट वा अन्य कुनै संरचना बनाउन पाइने छैन ।

सञ्चार, सुरक्षा र आपतकालीन प्रतिक्रिया सम्बन्धी व्यवस्था
१. पर्वतारोहणको क्रममा हुन सक्ने आपतकालीन अवस्थाहरूमा प्रयोग गर्नको लागि आवश्यक पर्ने सञ्चार प्रणालीहरू जस्तै स्याटेलाइट फोन, वाकीटकी तथा रेडियो संचार जस्ता भरपर्दो सुविधाहरूको उपलब्धता सुनिश्चित हुनु पर्नेछ ।

२. पर्वतारोहणका लागि आधारभूत प्राथमिक उपचार, प्रविधिहरूको ज्ञान र पर्वतारोहण सम्बन्धी तालिम प्राप्त पर्वतारोहण सहयोगीहरूको व्यवस्था गर्नु पर्नेछ ।

३. पर्वतारोहीहरू र पर्वतारोहण सहयोगीहरूको लागि महत्वपूर्ण अपडेटहरू, मौसमी अवस्थाहरू र आपतकालीन अलर्टहरू साझा गर्न भरपर्दो सूचना तथा सञ्चार प्रणालीको विकास गर्नु पर्नेछ ।

४. पर्वतारोहीहरू एवं पर्वतारोहण सहयोगीहरूको सुरक्षा सुनिश्चित गर्न आधार शिविरभन्दा माथि जानेहरूको नियमित रूपमा चेक इनरचेक आउट सम्बन्धी अभिलेख राख्ने व्यवस्था मिलाउनु पर्नेछ ।

५. पर्वतारोहीहरू एवं पर्वतारोहण सहयोगीहरूको आवश्यकता अनुसार आपतकालीन सहायता, उचाइमा लाग्ने रोग, चोटपटक र अन्य स्वास्थ्य समस्याहरूको उपचार प्रदान गर्न एकीकृत चिकित्सा सहायता प्रणालीको व्यवस्था गर्न सकिनेछ ।

६. पर्वतारोहीहरू एवं पर्वतारोहण सहयोगीहरूको सुरक्षा सुनिश्चित गर्न र उच्च हिमाली क्षेत्रमा अनावश्यक भिडभाड हुन नदिनको लागि मौसम विज्ञान विभाग तथा मौसम सम्बन्धी भरपर्दो एजेन्सीहरूको मौसम पूर्वानुमानको आधारमा पर्वतारोहण अभियानको योजना बनाई उनीहरूलाई आरोहण र अवतरणका लागि उत्तम समयहरूको विषयमा जानकारी गराउनु पर्नेछ ।

७. आपतकालीन उद्धार कार्यहरू, निकासी प्रक्रियाहरू, सम्पर्क अधिकृत र स्थानीय अधिकारीहरू र उद्धार टोलीहरूसँग समन्वयका लागि प्रोटोकलहरू सहित स्पष्ट आपतकालीन प्रतिकार्य योजना तर्जुमा गरी कार्यान्वयन गर्नु पर्नेछ । यसका लागि आपतकालीन उद्धार कार्यदल गठन गरी परिचालन गर्न सकिनेछ । कार्यदलको काम, कर्तव्य र अधिकार समन्वय तथा अनुगमन समितिले तोकिएबमोजिम हुनेछ ।

Advertisement

Advertisement