साना तथा घरेलु उद्योगको जोखिम भार घट्यो, अब ७५ प्रतिशत मात्रै कायम

Advertisement

काठमाडौं । राष्ट्र बैंकले साना तथा मझौला उद्योगमा जाने ऋणलाई सहजिकरण गरेको छ । बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै व्यवस्था परिवर्तन गरेको हो । 

समीक्षामा, ‘कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यावसायमा प्रवाह भएको रु २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यावस्था गरिनेछ भन्ने व्यावस्था गरिएको छ।’

Advertisement

जसको अर्थ अब यी शीर्षकमा जाने ऋणमा ७५ प्रतिशत मात्रै जोखिमभार रहनेछ । यसअघि यो शीर्षकमा शतप्रतिशत जोखिमभार राखिएको थियो । 

Advertisement