नेको इन्स्योरेन्सको खुद नाफा बढ्यो, बीमाशुल्क आर्जन कति ?

Advertisement

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेको इन्स्योरेन्सको खुद नाफा सामान्य बढेको छ । 

समीक्षा अवधिमा कम्पनीको खुद नाफा १५.२३ प्रतिशतले बढेर २२ करोड १२ लाख रुपियाँ पुगेको छ । त्यसैगरी, कुल आम्दानी भने १९.४२ प्रतिशत र कुल खर्च १.६७ प्रतिशतले बढेको छ । 

Advertisement

यस अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी भने १०.६९ प्रतिशतले घटेको छ ।

त्यसैगरी, समीक्षा अवधिमा कम्पनीले खुद बीमाशुल्कअन्तर्गत ६१ करोड ६० लाख रुपियाँ आर्जन गरेको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.१० प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ५८ करोड ६ लाख रुपियाँ आम्दानी गरेको थियो ।

चालू आवको पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ । गत आवको सोही अवधिमा प्रतिशेयर आम्दानी २१.९५ रुपियाँ रहेकामा समीक्षा अवधिमा भने २१.९९ रुपियाँ पुगेको छ । त्यसैगरी, मूल्य आम्दानी ३८.३४ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २३० रहेको छ ।

२ अर्ब १ करोड २३ लाख रुपियाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ८६ करोड ५६ लाख रुपियाँ, महाविपत्ति कोषमा १२ करोड २३ लाख रुपियाँ, रिटेन्ड अर्निङमा ३६ करोड ३४ लाख रुपियाँ र अन्य इक्विटीमा २६ करोड ४७ लाख रुपियाँ रहेको छ ।

Advertisement